नेपाल अमेरिका एकता समाज, लस एन्जलसमा पदाधिकारीहरूको मनोनयन

१२ मंसिर २०६९, मंगलवार ०२:२१ मा प्रकाशित

गोकुल ढकाल, लस एन्जलस, अमेरिका । नेपाल अमेरिका एकता समाज, लस एन्जलसलको बैठकले संस्थालाई अझै चुस्त र दुरुस्त बनाउनका लागि यस क्षेत्रमा सक्रिय नेपाली समुदायका सदस्यहरूलाई संस्थाको बिभिन्न पदमा मनोनयन गरेको छ । बैठकमा प्रस्तुत एजेन्डाअनुसार संस्थाकी अध्यक्ष उमा थापाले मनोनयन गर्नु भएको नामावली यसप्रकार रहेको छ । नेपाल अमेरिका एकता समाज, सल्लाहकार समितिमा डा. दिपक सिंखडा, बलराम थापा, मुकुन्द ढुंगाना, प्रकाश घिमिरे, क्न्हैया कायस्थ, बखान थापा, राजेन्द्र सिवाकोटी र तारक रिजाल रहनुभएको छ । यस्सैगरी संस्थामा मनोनित कार्यसमिती सदस्यहरुमा रामचन्द्र लामिछाने, नकुल श्रेष्ठ, कृष्ण गुरुङ, रामबाबु पान्डे, अच्युत घिमिरे र कृष्ण मिश्र रहनुभएको छ । अध्यक्ष श्रीमती थापाका अनुसार लस एन्जलस क्षेत्रमा सामाजिक कार्यका सामुहिक हातेमालो हुने हेतुले नेपाली समुदायको बसोबास रहेको नगर र क्षेत्र समेट्ने गरी क्षेत्रीय संयोजकको मनोनयन गरिएको छ । जसमा देबराज गिरी – रिभर साइड, राजेश निरौला – सान्ता आना, हरि लम्साल – अनाहेम, मनिता योगी – सान डियगो, गोबिन्द चन्द – अल्हाम्ब्रा/पासाडेना, डा. श्याम तुलाचन – टोरेन्स, बासुदेव घिमिरे डाउनी लेकवूड, नेत्र मैनाली र ईन्दिरा त्रिपाठी – साइप्रस, रेखा उप्रेती – लस एन्जलस र लालकाजी श्रेष्ठ – भ्याली रहनुभएको छ । संस्थाकी अध्यक्ष थापाका अनुसार, संगीता सिवाकोटी – संयोजक, नेपाल अमेरिका एकता समाज, महिला समिती, बिष्णु पौडेल – संयोजक, आध्यात्मिक समिति, कृष्ण के सी – संयोजक, सांस्क्रितिक समिति र गोकुल ढकाल – संयोजक, प्रचार्/प्रसार तथा संचार समिति र संजय गुरागाईं – संयोजक, वेव तथा प्रबिधी रहनुभएको छ । संस्थाले यस क्षेत्रमा दु:खमा परेका नेपालीहरूलाई सक्दो सहयोग गर्ने हेतु र संपर्कको लागि सबैलाई सजिलो होस् भन्ने मनाशायले १८७४३ पायोनियर सडक, अफिस नं #२०४, आर्टेसिया, क्यालिफोर्निया : ९०७०१ को ठेगानामा आफ्नो कार्यालय स्थापना गरेको छ । कार्यालय संचालनका लागि प्रत्येक सदस्यहरुबाट मासिक १० डलर उठाउने निर्णय पनि गरेको छ । आपसी हितका लागि काम गर्न सबैलाई एकित्रित गर्ने निर्णय बमोजिम प्रत्यक महिनाको अन्तिम् सोमबार आफ्नो नव-स्थापित कार्यलयमा नियमित बैठक गरिने जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

काठमाडौं ।अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत

लस एन्जेलस। अमेरिकाको आर्टिसिया शहरमा नेपाली मूलका रामेश्वर भण्डारी शहरी सुन्दरता र पुननिर्माणसम्बन्धी आयोगका आयुक्त नियुक्त भएका छन्। सिटी काउपन्सिलको

मेरिल्याण्ड। अमेरिकाको सत्तारुढ दल डेमोक्र्याट पार्टीको मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्यमा नेपाली मूलका अर्जुन हमाल निर्वाचित भएका छन्। यो निर्वाचनसँगै अमेरिकाको