संसद पुनस्र्थापन नगरे चार वर्षको क्षतिपूर्ति मागिने

११ मंसिर २०६९, सोमबार १८:०९ मा प्रकाशित

काठमाडौं, ११ मंसिर । स्वतन्त्र चेतनशील नागरिक समाजले संविधानसभाको निष्पक्ष निर्वाचनको लागि स्वतन्त्र ब्यक्तिको नेतृत्वमा सरकार गठन गर्नुपर्ने माग गरेको छ । यसका लागि संविधानसभा पुनःस्थापना गरेर अघि बढ्नु पर्ने उसको धारणा छ । राजधानीमा सोमबार समाजद्वारा आयोजित कार्यक्रममा संसद विघटन भएपछि दलहरु बीचमा सत्ता र भत्ताको भागबण्डा मिल्न नसक्दा मुलुक गृहयुद्धको भूमरिमा फस्दै गएको आरोप लगाउँदैे अबको निकास संसद पुनःस्थापनले नै उत्तम विकल्पहुने दावी गरिएको हो ।
समाजले अबका दिनमा पनि राजनीतिक दलहरुबाट निकास निस्कन नसक्ने दावी गर्दै राष्ट्रपतिको कदम स्वागतयोग्य भएपनि यसबाट पनि निकास ननिस्कने ठोकुवा गरे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. सुरेन्द्र केसीले दलहरुले मुलुकलाई असफल राष्ट्रतिर धकेल्दै गएको आरोप लगाए । राष्ट्रपतिले दिएको समयसीमाभित्र पनि दलहरुले समाधान निकाल्न नसक्ने दावी गर्दै उनले भने– समस्या समाधानका लागि स्वतन्त्र नागरिकको नेतृत्वमा नयाँ चुनावी सरकार निर्णाण गर्नुपर्छ ।
समाजका अध्यक्ष राजमान शाक्यले जनताले राजनीतिक दलका नेताबाट निकास ननिस्कने दावी गरे । उनले भने– मुलुकको समस्या समाधान स्वतन्त्र चेतनशील नागरिक समाजको तर्फबाट सबै दलहरुलाई मान्य हुने स्वतन्त्र सरकार गठन गर्नुपर्छ ।
उपाध्यक्ष बलबहादुर बस्यालले भने– संसद पुनःस्थापना गरी ६०१ सभासदहरुलाई काम गर्न दिनुपर्छ होईन भने स्वतन्त्र चेतनशील नागरिक समाजले ४ वर्षको तलबभत्तासहित क्षतिपूर्ति माग्नेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा जारी नेपाली कांग्रेस बागमती प्रदेश समितिको सभापति पदमा इन्द्रबहादुर बानियाँले बढी मत ल्याएका छन्

काठमाडौं । राष्ट्रिय प्रजानतन्त्र पार्टी(राप्रपा)को एकता महाधिवेशनबाट राजेन्द्र लिङ्देन अध्यक्ष निर्वाचित भएका छन् । आइतबार विहान सम्पन्न मतगणनामा दुई सय

पोखरा । शुक्रराज शर्मा कांग्रेस कास्कीको राजनीतिमा एकछत्र नेता हुन् । २०४६ मा पहिलो पटक सभापति बनेपछि उनी निरन्तर जिल्लाको

काठमाडौं । कमल थापा राप्रपाको मात्र होइन नेपाली राष्ट्रिय फुटबल टिमका राष्ट्रिय कप्तान पनि थिए कुनै बेला । राप्रपा राजनीतिमा लामो

आजको प्रमुख समाचार