‘राजनीतिक मुठमेड निम्तन्छ’

११ मंसिर २०६९, सोमबार १६:२२ मा प्रकाशित

नुवाकोट, ११ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पोष्टबहादुर बोगटीले राष्ट्रपति रामवरण यादवले गरेको आह्वानले राजनीतिक मुठभेड निम्त्याउनेतर्फ अग्रसर भएको आरोप लगाएका छन् ।
आज नुवकोटको विदुरमा क्रान्तिकारी पत्रकार संघले गरेको पत्रकार भेटघाटमा बोल्दै मन्त्री बोगटीले दलहरुलाई सहमतिको सरकारका लागि सात दिनको म्याद दिएर गरेको आह्वानको पक्ष र विपक्षमा नबोली तोकिएको म्यादमा सहमति नभए के हुन्छ भनेर चिन्तन गर्नु पर्ने बताए ।
दलहरुले राष्ट्रपतिमा अधिकार केन्द्रीत गराउने भनेर चलखेल समेत भइरहेको दाबी गर्दै एमाओवादीका सचिव समेत रहेका मन्त्री बोगटीले राष्ट्रपतिलाई विपक्षीहरुले उक्सायाउँदै अधिकार सुम्पिए दलहरु निस्प्रभावी हुने बताए । उनले भने, ‘राष्ट्रपतिलाई अधिकार दिन चलखेल समेत भएको छ । यसले दललाई कमजोर बनाउँछ र त्यो अधिकार राष्ट्रपतिबाट पनि अन्तै जाने खतरा उत्तिकै छ ।’
एमाओवादी हदैसम्म लचिलो भएको दाबी गर्दै मन्त्री बोगटीले अहिलेको सहमतिको मुख्य बाधक काँग्रेस र एमाले भएको आरोप समेत लगाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले ६७ जिल्लामा महाधिवशेन प्रतिनिधि चयन गरेको छ । सभापतिमा शेरबहादुर देउवालाई निरन्तरता दिने कि

तालिवानले अगस्टमा सत्ता कब्जा गरेपछि १०० भन्दा बढि पूर्वसुरक्षाकर्मीकाे हत्या गरेकाे मानव अधिकारवादी समूह ह्युमन राईट वाचले जनाएकाे छ ।

काठमाडौँ । नेपाली काँग्रेसको सोलुखुम्बु जिल्ला सभापतिमा नाम्गेल जाङ्बु शेर्पा विजयी भएका छन् । उनले बहालवाला पार्टी सभापति विनोद बस्नेतलाई

तान्जानियाको पेम्बा टापुमा कछुवाको मासु खाँदा सात जनाको मृत्यु भएको छ भने ३८ जना बिरामी भएका छन् । मृत्यु हुनेमा

आजको प्रमुख समाचार