राष्ट्रपति कदमको विरोध गर्नुको औचित्य नभएको भण्डारीको दावी

११ मंसिर २०६९, सोमबार १६:०३ मा प्रकाशित

काठमाडौ, ११ मंसिर । सरकार सत्ताकब्जाको बाटोमा हिडेकोले राष्ट्रपतिको कदम स्वभाविक भएको भन्दै राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरदसिह भण्डारीले अब राष्ट्रपतिको आब्हान अनुसार नै सहमतिमा मुलुकलाई निकास दिनु पर्ने धारणा राखे । उनले भने–राष्ट्रपतिको कदमको विरोध गर्नु भनेको यथास्थितिमा मुलुकलाई हिडाउँदै सत्ता लम्ब्याउने चालमात्रै हो । सरकारको विरोधको कुनै औचित्य छैन ।
ठूला दलहरु सरकारको नेतृत्व गरेर निर्वाचनमा प्रभाव पार्ने होडमा लागेको दावी गर्दै भण्डारीले  शक्तिको दुरुपयोग नहोस भन्नाकालागी साना दलका प्रभावशाली नेताहरुको नेतृत्वमा सहमतिको चुनावी सरकार निर्माण गरेर अघि बढ्नु पर्ने बताए । उनले भने–साना दलमा पनि मुलुकलाई निकास दिन सक्ने महत्वपूर्ण ब्यक्तित्व छन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । ऐतिहासिक एवं पर्यटकीय नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । नमोबुद्ध ऐतिहासिक, पर्यटकीय एवं धार्मिक

नुवाकोट। राष्ट्रिय गौरवको योजनाका रुपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकमा अझै जग्गाको समस्या समाधान हुनसकेको छैन । निर्माण सम्पन्न गर्ने समय आधा

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगबाट विभिन्न स्थानीय तहमा सिफारिस भइ कार्यरत १६१३ कर्मचारीको एकैपटक सरुवा

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुनर्निमाणमा उल्लेखनीय सफलता हासिल गरेको छ । एकातर्फ परम्परागत मौलिक शैलीमा निर्माण सामग्रीका प्रयोग गरेर बनाइएका