‘प्रधानमन्त्रीको उम्मेदवार तय गरी छलफल अघि बढाउन पर्छ’

११ मंसिर २०६९, सोमबार १५:५३ मा प्रकाशित

काठमाडौ, ११ मंसिर । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका महासचिव जितेन्द्र देबले राष्ट्रपतिको कदमलाई असम्बैधानिक मन्त्रीहरुले जस्तो पार्टीहरुले  भनेर अनावश्यक रुपमा विवादमा फस्न नहुने बताए । उनले भने–सरकारका मन्त्रीहरुले असम्बैधानिक भन्ने कुरा हो । पार्टी हरु यो विवादमा फस्नु हुँदैन ।
जेठ १६ पछिको अवस्थालाई संविधानको धारा पल्टाएर संबैधानिक वा असम्बैधानिक भनेर विवाद गर्न नहुने भन्दै उनले राजधानीमा आज  गरेको कार्यक्रममा जागिर बचाउँनैकालागी प्रधानमन्त्री र राष्ट्रपतिवीच द्धन्द्ध सृजना गर्ने काम नगर्न सल्लाहकारहरुलाई सुझाव दिए ।
देबले मुलुकका संविधान विद्धहरु नै के हो भन्नेमा विभाजित भएको अवस्थामा यो वा त्यो ठिक हो भन्दा पनि मुलुकलाई सहमतिमा निकास दिनु पर्ने भन्दै राष्ट्रपतिको कदम आईसकेकोले अब त्यसलाई स्विकारेर अघि बढ्नु पर्ने बताए । उनले भने–अब विवाद भन्दा पनि मोरल कम्पल्सन पोजिटिब बनाउनु पर्छ ।
प्रधानमन्त्री डा बाबुराम भट्टराईकै नेतृत्वको सरकारलाई सहमतिमा बदलेर निर्वाचनमा जानु सबैभन्दा राम्रो विकल्प भए पनि त्यो हुन नसकेको अवस्थामा राष्ट्रपतिको आब्हान अनुसार दलहरुले सहमतिको प्रधानमन्त्री दिनु पर्ने  भन्दै दलहरुले अब प्रधानमन्त्रीको उमेदवार प्रस्तुत गरेर छलफल थाल्नु पर्ने धारणा राखे । यद्यपि उनले संघीयता विरोधी यथास्थितिबादी ब्यक्तिलाई प्रधानमन्त्री बनाउन नहुने स्पष्ट पारे ।
त्यसो नभएको अवस्थामा दलहरुकै सहमतिमा बैशाखमा निर्वाचन गर्न नसके स्वतह पदमुक्त हुने ब्यवस्था सहित स्वतन्त्र ब्यक्तिको नेतृत्वम दलहरु सहभागी सहमतिको सरकार निर्माण गर्नु पर्ने उनको तर्क थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीकाे नयाँ नेतृत्वका लागि आज बिहान ८ बजे तय भएकाे मतदान साढे १० बज्दा पनि सुरु भएकाे छैन

काठमाडौँ । आज सूर्यग्रहण लाग्दैछ । सूर्य ग्रहण दक्षिण अमेरिका, अस्ट्रेलिया, दक्षिण अफ्रिका र दक्षिण एट्लान्टिकका देशबाट मात्रै देख्न सकिने

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ । शुक्रबार प्रदेश कार्यसमितिका लागि पदाधिकारी र

आजको प्रमुख समाचार