अमेरिकी बजारमा नयाँ आइप्याड सार्वजनिक

११ चैत्र २०६८, शनिबार ०४:०१ मा प्रकाशित

काठमाडौ, ११ चैत । गएको बुधबार राति अमेरिकाको सन फ्रान्सिस्कोमा ठुलो तामझाम साथ् नयाँ आइप्याड लन्च गरियो। गत वर्षको मार्चमा यस्तै सम्मेलनमा दिवंगत स्टिभ जब्सले आइप्याड टु सार्वजनिक गरे जस्तै यस पटक आइप्याड थ्री सार्वजनिक गरिने हल्ला भएपनि एप्पलले यसलाई आइप्याड थ्री नभनी नयाँ आइप्याड मात्र भनेको छ।

आइप्याडको क्रेज र यसको मिडिया कभरेजले आइप्याड भनेपछि सबैलाई लोभ्याइदिन्छ। निश्चिय पनि ट्याब्लेट बजारमा आइप्याडको प्रतिस्पर्धी अरु छैन। महंगो मूल्यका कारण यसलाई आफ्नो बनाउन नसक्ने धेरैका लागि यो खबर सुखद नहुन सक्छ ।
साह्रै महँगो मुल्यमा तामझाम साथ बजारमा ल्याइएको नयां आइप्याडको सबैभन्दा सस्तो संस्करण नै ५ सय अमेरिकी डलर पर्छ। र यो नेपाली बजारमा पुग्न अजाही केहि समय लाग्ने छ । र विदेशबाट आयात गरेर नेपालमा उपयोग गर्ने हो भने आइप्याडको सबैभन्दा सस्तो संस्करणको नेपाली मूल्य झण्डै ५७ हजार रुपैयाँ पर्न आउँछ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशका विभिन्न नौ स्थानमा जडान गरिएको इन्टरनेट जुनसुकै बेला काटिन सक्ने भएकोे छ । इन्टरनेट सेवा प्रदायकहरुको छाता सङ्गठनका

सरकारले सूचना तथा सञ्चार क्षेत्रलाई मर्यादित, जिम्मेवार र सुरक्षित बनाउन राष्ट्रिय साइवर सुरक्षा केन्द्र स्थापना गर्ने भएको छ । सरकारले

काठमाडौँ । आगामी शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदै छ । निर्वाचन अयोगले

काठमाडौँ । जुम्लाको हिमा गाउँपालिकामा पछिल्लो एक सातादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकम जुम्ला कार्यालयका अनुसार हिमा