राष्ट्रपतिको कदमको विरोध गर्नुको औचित्य छैनः सिचाईमन्त्री यादव

११ मंसिर २०६९, सोमबार १५:५२ मा प्रकाशित

काठमाडौ, ११ मंसिर । सिचाईमन्त्री महेन्द्र यादवले राष्ट्रपति डा रामबरण यादवले मंसिर ८ गते चालेको कदमको विरोध गरे संविधानसभाको नयाँ निर्वाचनको बातावरण बिथोलिने चेतावनी दिएका छन् ।
सरकारले औपचारिक रुपमा निर्णय गरेर राष्ट्रपतिको कदमलाई असम्बैधानिक घोषित गर्दै संबैधानिक दायरामा रहन सचेत गराएको भोली पल्टै सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मधेसी मोर्चाको नेता समेत रहेका मन्त्री यादवले त्यस्तो चेतावनी दिएका हुन ।
उनले राष्ट्रपतिको कदमको विरोध भए पछि निर्वाचनको बातावरण बिथोलिने पो हो कि भन्ने आशंका लाग्न थालेको बताए । मन्त्रीयादवले राष्ट्रपतिले म कुनै कदम चाल्दिन भनेर स्पष्ट पारिसकेकोले विवाद गर्नुको औचित्य नभएको समेत स्पष्ट पारे ।
सहमतिकोलागी सहज बतावरण बनाउने उद्देश्य लिएकोले राष्ट्रपतिको कदमलाई सहज रुपमा लिनु पर्ने भन्दै मन्त्री यादवले प्रधानमन्त्रीले हिजो राष्ट्रपतिलाई बुझाएको पत्रमा समेत राष्ट्रपतिको कदम संबैधानिक वा असम्बैधानिक भनेर नभनेको दावी गरे । उनले भने–प्रधानमन्त्रीको पत्र जानकारी मात्रै हो । कदमलाई हामिले असम्बैधानिक भनेका छैनौ । बाहिर जे आयो त्यो होईन । राष्ट्रपतिसँग द्धन्द्ध चर्काएर जाने पक्षमा सरकार छैन । राष्ट्रपतिले भनेको समयमा सहमतिको सरकार बनाउन मधेसी मोर्चाले भूमिका खेल्छ ।
उनले मुलुकले सहमति विना निकास नपाउने भन्दै निर्वाचनको बातावरण बनाउन सरकार, निर्वाचन र संविधान निर्माण सहित सम्पूर्ण विषयहरुमा प्याकेजमै सहमति जुटाउनु पर्ने धारणा राखे ।

प्रतिक्रिया
सम्बन्धित खवर

खोटाङ।नेपाली कांग्रेस खोटाङको पदाधिकारीमा युवा नेता इवन राई सर्वाधिक मत पाएर उपसभापतिमा विजयी भएका छन् । हलेसी तुवाचुङ नगरपालिकाका मेयर

सौराहा।एमाले अध्यक्ष केपी ओली पदाधिकारी व्यवस्थापनमा लागेका छन् । जसकारण बन्दसत्रमा ढिलाइ भएको छ । सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्ष पद

सौराहा।सौराहास्थित एमालेको १०औं महाधिवेशनको बन्दसत्रस्थल बाहिर सर्वसम्मतिमा नेतृत्व चयन गर्न दबाब दिँदै नाराबाजी सुरु भएको छ । बन्दसत्रस्थल बाहिर ‘केपी

काठमाडौं।ललितपुर कांग्रेस जिल्ला सभापतिका लागि मतदान सुरु भएको छ । शनिबार बिहान ९ बजेदेखि मतदान सुरु भएको हो । ललितपुर

आजको प्रमुख समाचार