राष्ट्रपति नयाँ ज्ञानेन्द्र बन्न खोज्दैछन् : पौडेल

११ मंसिर २०६९, सोमबार १५:२२ मा प्रकाशित

हेटौंडा, ११ मंसिर । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले पछिल्लो कदम पछि राष्ट्राध्यक्षले पूर्व राजाहरुको झल्को दिएको र उनी नयाँ ज्ञानेन्द्र बन्न खोजेको टिप्पणी गरेका छन् ।
हेटौंडामा आज क्रान्तिकारी पत्रकार संघ मकवानपुरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले राष्ट्राध्यक्षले संविधानको मर्म विपरीत सहमतीय सरकारको आह्वान गरेको आरोप लगाए ।
‘राष्ट्राध्यक्षको अपील र प्रधानमन्त्री कार्यालयमा पठाएको पत्रको मर्म बुझ्दा पूर्व राजा ज्ञानेन्द्रको झल्को आउँछ,’ उनले भने, ‘राष्ट्रपतिको कदम संविधान विपरीत छ ।’
‘व्यक्तिगत आरोप नलगाउ भन्दै विज्ञापनको शैलीमा मंसिर–१४ गते ४ बजेको समयसीमा तोकेर पठाएको पत्रले पूर्व राजाको झल्को आएको छ,’ उनले भने ।
एमाओवादीका नेता समेत रहेका पौडेलले राष्ट्रपतिको असंवैधानिक कदमले गर्दा राजनीतिक दलहरुका बीच मुठभेडकोस्थिति श्रृजना भएको उल्लेख गरे । ‘पछिल्लो समय राष्ट्रपति आफ्नो बिबेकमा भन्दा पनि अरुको सल्लाह र उस्काहटमा चलेका छन् ।’
उनले राष्ट्रपतिका गलत क्रियाकलाप विरुद्ध पार्टी निर्णय अनुरुप जिल्ला तहका पार्टी कार्यालयमा नाराजुलुस गर्न पत्राचार भईसकेको बताए ।
उनले कांग्रेसलाई सरकारको नेतृत्व दिने विषयमा अझै सहमति भईनसकेको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कमल थापा राप्रपाको मात्र होइन नेपाली राष्ट्रिय फुटबल टिमका राष्ट्रिय कप्तान पनि थिए कुनै बेला । राप्रपा राजनीतिमा लामो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी भएका छन् । नयाँ कार्यसमिति चयनका लागि शनिबार

काठमाडौं । कांग्रेसको दशौं महाधिवेशन २०५७ माघ ६-९ सम्म पोखरामा सम्पन्न भएको थियो। यस महाधिवेशनसँगै कांग्रेसको विधान झन् प्रजातान्त्रिक भयो।