मेरो कसैसंग द्वन्द्व छैनः प्रधानमन्त्री

११ मंसिर २०६९, सोमबार १५:१८ मा प्रकाशित

काठमाडौं, ११ मंसिर । प्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नो कसैसंग द्वन्द्व नरहेको स्पष्ट पारेका छन् । उनले राष्ट्रपति र प्रधानमन्त्रीबीच द्वन्द्व छ भनेर आएका समाचारमा कुनै सत्यता नभएको र आफ्नो अध्यक्षसंग पनि द्वन्द्व नभएको प्रतिक्रिया दिएका छन्। जावलाखेलमा प्रारम्भिक बाल विकास चौथो राष्ट्रिय सम्मेलनको उद्घाटनपछि उनले एनेकपा अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्रीबीच अन्तर भनी आएका प्रचार पनि गलत रहेको बताएको राससले लेखेको छ ।
प्रधानमन्त्री भट्टराईले भने गलत र दूर्नियतपूर्ण ढङ्गले यी कुरा प्रचार गरिएका छन्। तथ्यपूर्ण होइन, अध्यक्ष दाहाल सहमति निर्माणका लागि इमान्दारिताका साथ पूर्णरुपले लाग्नु भएको छ।
अध्यक्ष दाहाल र आफूबीचको सहकार्य, सहमति र एकताबद्ध प्रयासबाट मुलुकको राजनीतिक र संवैधानिक समाधान निस्कने विश्वास उनले व्यक्त गरे। हामी सहमतिबाटै राष्ट्रिय निकास निकाल्न उन्मुख छौँ, मैले ७ गते सार्वजनिक वक्तव्यमा भनिसकेको छु कि छिट्टै सबै विषयमा सहमति जुटाएर वैशाखमा निर्वाचन गर्नुपर्छू, प्रधानमन्त्रीले भने  आवश्यक संवैधानिक र कानुनी व्यवधान हटाउने र राष्ट्रिय सहमतिको सरकार गठन गर्ने दुई केन्द्रमा छन्, यी विषयमा सहमति र निकास खोज्नुपर्छ।
बालुवाटार छाड्दिन भनेर आफ्नो नाम जोडेर आएको कुरा बिल्कुल गलत कुरा भएको बताउँदै प्रधानमन्त्रीले भने  ( यो हल्ला मात्रै हो, हामी संविधानसभाबाट संविधान बनाउन चाहन्छौँ, छिटो संविधानसभाको निर्वाचन गर्न चाहन्छौँ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली काँग्रेसको सोलुखुम्बु जिल्ला सभापतिमा नाम्गेल जाङ्बु शेर्पा विजयी भएका छन् । उनले बहालवाला पार्टी सभापति विनोद बस्नेतलाई

तान्जानियाको पेम्बा टापुमा कछुवाको मासु खाँदा सात जनाको मृत्यु भएको छ भने ३८ जना बिरामी भएका छन् । मृत्यु हुनेमा

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

भरतपुर । नेपाली कांग्रेस चितवनको अधिवेशन गराउने जिम्मा पाउनुभएका निर्वाचन अधिकृत कमलमोहन पोखरेलले राजीनामा दिनुभएको छ । उहाँले केन्द्रीय निर्वाचन

आजको प्रमुख समाचार