सरकार छोडिन्न : रायमाझी

११ मंसिर २०६९, सोमबार ०८:५९ मा प्रकाशित

चन्द्रकान्त खनाल / रुपन्देही, ११ मंसिर । बिपक्षी दलहरुले प्रधानमन्त्रीको राजीनामा मागिरहेका बखत शान्तिमन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्री डा. वाबुराम भट्टराईले राजीनामा दिनुपर्ने कारण कांग्रेस एमालेलगायतका दलले स्पष्ट पार्नुपर्ने धारणा अघिसारेका छन । आइतवार नवलपरासीमा पाँचौ राष्ट्रपति रनिड शिल्ड तथा विद्यालय क्षेत्रिय खेलकुद प्रतियोगिताको उद्घाटन गदै उनले उक्त कुरा बताएका हुन ।
लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धि रक्षा गर्नको लागि बनेको सरकारले कांग्रेस एमाले लगायतका दलहरुले भनेकै आधारमा सरकार छोड्ने स्थिति नरहेको नछाडिने उनले बताए । अहिले सविधानसभा, संसद नभएकोले सरका बाहिरका दलहरुलाई प्रतिपक्ष भन्न पनि नमिल्ने तर्क गर्दै उनले नेपाली कांग्रेस र एमालेलाई सरकारविरोधी पार्टीहरुको संज्ञा दिए । सरकारको राजीनामा माग्ने पार्टीहरुले सरकारको राजीनामाको मात्र एजेण्डा लिएर आउनुभन्दा देश समाजको अग्रगामी निकास र परिवर्तनको पक्षमा भावी योजना ल्याउनुपर्ने उनको कथन थियो ।
अब राजनितिक रुपमा नेपालका राजनैतिक पार्टीहरु मुख्य रुपमा दुई भागमा विभाजित भईरहेको भन्दै आफ्नो अस्थित्व रक्षा गर्न चाहने पार्टीहरु अग्रगामी समुहतर्फ र समाप्त हुनेहरु अग्रगामी विचारको विपक्षमा विभाजित हुदै गएको उनले दाबी गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार