बुटवलमा पश्चिमाञ्चल स्तरीय ब्याडमिन्टन हुने

११ मंसिर २०६९, सोमबार ०८:५७ मा प्रकाशित

रुपन्देही, ११ मंसिर । काठमाण्डौ उपत्यकाबाहिर सर्बाधिक पुरस्कारराशीको पश्चिमाञ्चल क्षेत्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिता पौष १,२ र ३ गते बुटवलमा आयोजना हुने भएको छ। बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा हुने प्रतियोगिता बारे आईतबार बुटवलमा पत्रकार सम्मेलन गर्दै आयोजकले १६ जिल्लाका २ सय जना खेलाडीले प्रतियोगितामा भाग लिने जनाए । प्रतियोगिता पुरुष सिंगल्स,पुरुष डबल्स र पुरुष भेट्रान्स गरी तिन बिधामा हुने खेल संयोजक प्रतिक पोखरेलले पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रतियोगितामा पुरुष सिंगल्स तर्फ प्रथम हुनेले २०हजार र द्धितिय हुनेले १० हजार,पुरुष डबल्समा प्रथमले ३० हजार र द्धितिय हुनेले२० हजार र भेट्रान्स तर्फ प्रथमले ३० हजार र द्धितिय हुनेले २० हजार नगद सहीतट्रफी प्राप्त गर्ने र यो पुरस्कार राशी उपत्यका बाहीरको सर्बाधिक रहेकोक्लबका अध्यक्ष श्याम बहादुर पुनले बताए । प्रतियोगिताका लागि कुल १० लाख अनुमानित खर्च हुने र सहयोग तथा स्पोन्सरका लागि बिभिन्न ठाउमा आग्रह गरिएको क्लबका उपाध्यक्ष जिबन सिंह कुबरले बताए ।
चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । यूईएफए च्याम्पियन्स लिगअन्तर्गत समूह चरणकाे अन्तिम खेलमा आज (मंगलबार) समूह ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’का खेलहरू हुँदैछन् ।

काठमाडौं।आठौंपटकको सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब (एमएमसी) का प्रशिक्षक फुजा तोपे नेपाल आइपुगेका छन् । मंगलबार

अमेरिकाले चीनको राजधानी बेइजिङमा हुने हिउँदे ओलिम्पिकलाई कूटनीतिक रूपमा बहिस्कार गर्ने घोषणा गरेको छ । चीनमा मानव अधिकार उल्लंघनमा घटनामा

काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेका नयाँ वरीयतामा नेपाल यथावत स्थानमा रहेको छ । आइसिसीले सोमबार सार्वजनिक गरेको

आजको प्रमुख समाचार