भाडा बृद्धिको बिरुद्ध आन्दोलनमा औद्यौगीकक्षेत्रका उद्योगीहरु

११ मंसिर २०६९, सोमबार ०८:५५ मा प्रकाशित

बुटवल, ११ मंसिर । बुटवल औद्योगिक क्षेत्रका उद्योगिहरु औद्योगिक क्षेत्र ब्यबस्थापन लिमिटेडको भाडाबृद्धी र्गने र्निणयको बिरुद्धधमा आन्दोलनमा उत्रिएका छन। औद्यौयोगिक क्षेत्र ब्यबस्थापन लिमिटेडले नेपालका बिभिन्न औद्योगिक क्षेत्रमा स्थापना भै संचालन भएका उद्योगहरुको लागि उपलब्ध जग्गाको भाडा अत्यधिक बृद्धी गरिएको बिरोधमा उद्योगिहरु आन्दोलनमा उत्रिएका हुन् ।

सरोकारवाला पक्षसँग सल्लाह नै नगरि एकर्तर्फी रुपमा र्निणय गरि झण्डै १४ सय प्रतिशतले गरिएको भाडा बृद्धी प्रति आक्रोश पोख्दै उद्योगिहरुले राष्टिष्य उद्योगलाइ धरासायी बनाउने खालको र्निणय तुरुन्त फिर्ता गर्न माग गरेका छन । २०१६ सालमा तत्कालिन सरकारले मुलुकमा उद्योगको बिकासका लागि प्रबद्र्धन र्गने उद्देश्यले औद्योगिक क्षेत्रको अवधारणा ल्याय बमोजिम हाल सम्म स्थापना भएका ७ सय भन्दा बढी उद्योगहरुको बिरुद्धमा आएको यो उद्योगमारा प्रबृती अन्त्य हुनुर्पने माग गरेका छन ।
औद्योगिक क्षेत्र ब्यबस्थापन लिमिटेडले यहि मंसिरको १ गते देखि लागु हुने गरी नेपालका औद्योगिक क्षेत्रको भाडा प्रतिमहिना प्रति रोपनीको २ हजार पु¥याएको थियो । यस अंगाडी सोही क्षेत्रको भाडा वार्षिक २ हजार ५ सय थियो । आइतबार बुटवल औद्योगिक क्षेत्र उद्योग संघको आयोजनामा गरिएको बिरोधका कार्यक्रममा सहभागि उद्योगिहरुले र्कायालय परिषरमै भाडा बृद्धिको पत्र जलाएका छन भने प्रवन्धक प्रकाश खड्कालाई बृद्धि एक र्तफी रुपमा बृद्धि गरिएको भाडा आफूहरुलाई मान्य नहुने भन्दै ज्ञापन पत्र समेत बुझाएका छन । लिमिटेडले गरेको भाडा बृद्धिले औद्योगिक क्षेत्र भित्र मात्र करिव २० औं र्अवको लगानी रहेको र करिव ७ सय उद्योगले २० हजार जनालाई प्रत्यक्ष रोजगारी उपलव्ध गराई वार्षिक अबौंको राजश्व योगदान गरिरहेका लगानीर्कतालाई निराश बनाएको बुटवल औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष तिलप्रसाद भट्टराईद्वारा जरी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौँ । चालीस वर्षअघि स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड गएको तीन वर्षयतादेखि नाफा कमाउन सफल भएको छ ।

काठमाडौं।अर्थमन्त्री जनार्दन शर्माले नेपालमा स्रोत र साधनको समस्या नभएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बुधबार आयोजना गरेको

काठमाडौँ । संविधान निर्माणसँगै स्थायित्वतिर लम्केको नेपालको राजनीति पुनः अस्थिरताको दिशामा बढेसँगै विकास पूर्वाधारमा असर परेको छ । गत आमनिर्वाचनमा

आजको प्रमुख समाचार