मलाई नेपाली नारी नै मन पर्छ ! -कोमल भट्ट

११ चैत्र २०६८, शनिबार ०३:४७ मा प्रकाशित

नारीहरुलाई अझै समान अवसर छैन मेरो देशमा ,

त्यसै भएर नै मलाई अत्यन्तै दुख र पीडा हुन्छ l
नारी समानताको पक्षमा सदासर्वदा उभिएको छु म,
नारी अपमानका कुराहरुले भतभती पोलेको हुन्छ l

सुन्दर,निष्कपट र सरस नेपाली नारीहरु देख्दा ,
आफ्नै प्रचलन,परम्परा र संस्कृति नै मनपर्छ l
पश्चिमी स्वतन्त्रतामा मात्तिएका नारीहरु देख्दा ,
चौबन्दी चोलीमा सजिएका आफ्नै चेलीहरु मनपर्छ l

पुरुष र नारी उस्तै लागेर छुट्याउन गाह्रो पर्दा,
दुई चुल्ठाले सिंगारिएकी नेपाली छोरी नै मनपर्छ l
तंछाड,मछाड र अब्यबस्थित लाजहरुलाई देख्दा,
मर्यादा र शीष्टतामा बाँचेका नेपाली नारी नै मनपर्छ l

कृतिमताले लिपियेका वास्नादारहरुलाई भेट्दा ,
प्राकृतिक सौन्दर्यमा रमेका सरल नारी नै मनपर्छ l
टनक्क कसिएका पारदर्शी पोशाकधारीहरु भन्दा ,
स्वदेशी गुन्यूले सुहाएका आफ्नै दिदीबहिनी नै मनपर्छ l

बाहिरबाटै भित्रको आकृति चियाउन सक्नु भन्दा,
अस्तित्वलाई सर्वस्व ठान्ने नेपाली नारी नै मनपर्छ l
बान्कीपरेका र नपरेका नितम्बको पिङखेलाई भन्दा,
उदांगीएको नभएर लुकेको वास्तविकता नै मनपर्छ l

विवाह पूर्व नै बच्चा जन्माईरहेका परिपाटीलाई देख्दा ,
विवाहपछी नै पतिपत्नीको रूपमा रहने पद्धति मनपर्छ l
बाबुको पहिचान गर्न सधैं डी.एन.ए.को शरण लिनुभन्दा ,
पतिब्रता र पत्नीब्रताको परिपाटी नै अत्यधिक मनपर्छ l

घरिघरि पारपाचुकेले रुखो बनेको संसार देख्दा
मायाँ र प्रेमले भरिपूर्णभएका नेपाली नारी नै मनपर्छ l
मीठो बोलि भएपनि कपटी हृदय भएकाहरुलाई देख्दा ,
निश्छल स्वभावले सम्पन्नभएका नेपाली हृदय नै मनपर्छ l

खुल्लेयाम चुम्बन तथा अंकमालमा रमाएकाहरुलाई देख्दा ,
पर्दा भित्रकै माया,प्रेम र सामिप्यता अति उत्तम लाग्छ l
विश्व मै अनुकरणीय छन् हाम्रा प्रेम र मिलनका मान्यताहरु ,
त्यसैले मलाई पश्चिमी नारीभन्दा नेपाली नारी नै मनपर्छ l
कोमल भट्ट,काठमाडौँ l (हाल, न्यु योर्क)
२०६८/१२/१०/शुक्रवार

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालमा पहिलोपटक चिकित्सासम्बन्धी सम्पूर्ण शब्दको परिभाषा रहेको ‘चिकित्सा शब्दसागर’ विमोचन गरिएको छ । डा विपिन नेपाल, विनयकुमार शर्मा, प्रकाशमणि दाहाल

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट साहित्य सङ्गम मकवानपुरले यस वर्ष प्रदान गर्ने साहित्य क्षेत्रमा क्रियाशील २० जनालाई विभिन्न सम्मान तथा पुरस्कारको

काठमाडौँ । साहित्यकार विन्दु अधिकारी ढकाल नवीनतम् कथासङ्ग्रह मावली दिदी लिएर आउनुभएको छ । ढकालको दोस्रो कृतिको रूपमा आएको पहिलो