चीन शैन्य महाशक्ति बन्दै, जे-15 लड़ाकू युद्धपोत सफलतापूर्वक अवतरण

११ मंसिर २०६९, सोमबार ०२:११ मा प्रकाशित

काठमाडौं, ११ मंसिर । चिनियाँ अधिकारीहरुले दावी गरेका छन् चिनिया विमानवाहक युद्धपोतमा पहिलो पटक जेट लडाकु सफलतापूर्वक अवतरण गरिएको छ । रक्षा विश्लेषकहरुको अनुमानमा यो सफल अवतरण संगै एशियामा नौसैनिक महाशक्ति बन्ने चिनिया मह्त्वकांछा क्रमश: सफलता तर्फ उन्मुख छ । जापान सहितका दक्षिणपूर्वी एशियाका राष्ट्रहरुले चीनको बढ्दो नौसैनिक शक्ति यस क्षेत्रको शुरक्षाको लागि चिन्ताको विषय भएको दावी गरेको छन् । यति बेला चीन र जापान चिनिया सामुन्द्रिक क्षेत्रका टापुहरूमा आ-आफ्नो हक दावी गर्दै कुटनीतिक लडाइमा केन्द्रित रहेका छन् । चिनिया रक्षा मंत्रालयले आइतबार जारी गरेको बिज्ञप्तिमा भनिएको छ, जे-15 लड़ाकू विमानले युद्धपोतमा पहिलो पटक जेट लडाकु सफलतापूर्वक अवतरण गरेको छ ।’ लियाओनिंग रुशको पुरानो युद्धपोत हो जसलाई चीनले आफ्नो सैन्य क्षमता बिस्तारको लागि तयार गरेको छ । उता चीन आफैले पनि सफलतापूर्वक जे-15 युद्धपोत विमान निर्माण गरेको छ । रक्षा विशेषज्ञहरुका अनुसार जे-15 युद्धपोत निर्माणमा चीनले प्राप्त गरेको सफलता एशियामा नौसैनिक महाशक्ति बन्ने चिनियाँ मह्त्वकांछा पुरा गर्न लक्षित छ । चिनिया समाचार एजेंसी शिन्हुवाले दिएको जानकारी अनुसार जे-15 युद्धपोत आकाश देखि आकाश सम्म र आकाश देखि जमिन सम्म लक्षित गरि निर्ध्रण गरिएको क्षेत्रमा बम प्रहार गर्ने क्षमता राख्दछ । चीनले भनेको छ चिनिया सामरिक हित पुरा गर्न यो सफल परिक्षण सहयोगी हुनेछ । चिनिया कम्युनिष्ट पार्टी र उसको अधिनस्त रहेको सरकार शैन्य बल बिस्तारमा निरन्तर लागि रहेको छ र चीन एशियामा महाशक्ति बन्ने उद्देश्यमा केन्द्रित छ जसले यस क्षेत्रमा चिनिया दवदवा कायम गर्नेछ । (स्रोत: बिबिसी र शिन्हुवाको समाचार सहयोगमा)

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली काँग्रेसको सोलुखुम्बु जिल्ला सभापतिमा नाम्गेल जाङ्बु शेर्पा विजयी भएका छन् । उनले बहालवाला पार्टी सभापति विनोद बस्नेतलाई

एजेन्सी । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेले ताइवानमाथि आक्रमण गरे जापान र अमेरिका चुप नबस्ने चीनले बुझ्नु पर्ने बताएका छन् ।

सउल । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी

अष्ट्रेलिया र जापानले विदेशी विद्यार्थीमाथि प्रतिबन्ध लगाएका छन् । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरसको जाेखिम बढेकाे भन्दै ती देशले अन्तराष्ट्रिय

आजको प्रमुख समाचार