राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता सम्पन्न, मिलेर जानुको विकाल्प नरहेको प्रधानमन्त्रीको भनाई

१० मंसिर २०६९, आईतवार २१:१२ मा प्रकाशित

काठमाडौं, १० मंसिर । प्रधानमन्त्री बाबुराम भट्टराई र राष्ट्रपति डा. रामबरण यादवबीच आज साँझ शितल निवासमा भेटवार्ता भएको छ । आज दिउँसो मन्त्रिपरिषदले गरेको निर्णय बारे जानकारी गराउन प्रधानमन्त्री राष्ट्रपति निवास पुगेका थिए ।
भेटवर्तामा प्रधानमन्त्रीले राष्ट्रपतिबाट चालिएको कदमले आफु आश्चार्यमा परेको र यसले थप द्धन्द्ध निम्त्याउने बताएका थिए । उनले राष्ट्रपति र प्रधानमन्त्री मात्र बैधानिक र निर्वाचित निकाय भएकाले यी दुई निकाय मिलेर जानुको विकल्प नभएको स्पष्ट पारेको भेटपछि प्रधानमन्त्रीले सञ्चारकर्मीसंग भने । उनले थपे, हामी सबैले कानूनको पालना गरेर अघि बढ्न पर्छ, कानूनलाई आफुखुशी व्याख्य गरेर अघि बढ्दा मुलुकमा झन ठुलो दुर्घटन हुन सक्छ । परिस्थिति अनुसार कदम नचालिएर मुलुक थप द्धन्द्धमा जाने खतरा रहेको पनि आफुले राष्ट्रपतिलाई जानकारी गराएको बताए ।
भेटबारे जानकारी दिदै राष्ट्रपतिका प्रेस सल्लाहाकार राजेन्द्र दाहालले राष्ट्रपतिले आफुले संविधान अनुसार नै राष्ट्रिय सरकारका लागि आह्वान गरेको जानकारी गराउँदै मन्त्रीपरिषले आज जुन निर्णय गरेको थियो, त्यो नगरेको भए राम्रो हुने बताएका थिए । राष्ट्रपतिले अहिले एक अपसमा द्धन्द्ध निम्त्याएर जानु भन्दा पनि मिलेर जानुपर्नेमा जोड दिएको दाहालले जानकारी दिए ।
आज अपरान्ह बसेको मन्त्रिपरिषद्को विशेष बैठकले राष्ट्रपतिले सहमतीय सरकार गठनका लागि ७ दिनको समय दिएर गरेको आह्‍वानलाई असंवैधानिक ठहर गरेको थियो ।
राष्ट्रपति यादवले शुक्रबार ७ दिनको लागि समय दिएर सहमतीय सरकार निर्माणका लागि प्रधानमन्त्रीको नाम दिन दलहरुलाई आह्‍वान गरेका थिए । उक्त कदमलाई सरकारले संविधानको भावना र मर्म विपरित भनेपछि सरकार र राष्ट्रपतिबीच द्वन्द्व बढेको देखिएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।ललितपुर कांग्रेस जिल्ला सभापतिका लागि मतदान सुरु भएको छ । शनिबार बिहान ९ बजेदेखि मतदान सुरु भएको हो । ललितपुर

तेह्रथुम । माओवादी केन्द्रले तेह्रथुमको ४३ वटै वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । गत ४ मंसिरबाट सुरु गरेको केन्द्रले

चितवन।एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका नेता भीम रावलले एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने

तेह्रथुम।नेपाली कांग्रेस तेह्रथुमको जिल्ला अधिवेशन सम्पन्न भएसँगै सर्वसम्मत ११ जना महासमिति सदस्य छनाेट भएका छ्न । जिल्ला अधिवेशनबाट निर्वाचित भएका

आजको प्रमुख समाचार