प्रक्रिया मिचेर काम गरेको भन्दै पत्रकार महासंघका कोषाध्यक्ष साहलाई आत्मालोचना गर्न महासंघको निर्देशन

१० मंसिर २०६९, आईतवार १६:५९ मा प्रकाशित

काठमाडौं, १० मंसिर । प्रक्रिया मिचेर काम गरेको भन्दै नेपाल पत्रकार महासंघका कोषाध्यक्ष साहलाई आत्मालोचना गर्न निर्देशन दिएको छ । महासंघले कोषाध्यक्ष शीतल साहले पेश्की पछ्र्यौट गर्दा गल्ती गरेको ठहर गर्दै लिखित रुपमा आत्मालोचना गर्न निर्देशन दिएको हो ।
साहले झण्डै ३५ लाख रुपैयाँ निकालेर तिर्दा प्रक्रिया मिचेर काम गरेको ठहर गर्दै महासंघले साहलाइ लिखित रुपमा माफी माग्न लगाउने निर्णय गरेको हो । तर भ्रष्टाचार गरेको भन्ने ठहर भने नभएको महासंघ स्रोतले जनाएको छ । साहमाथि १५ लाख रुपैयमा हिनामिना गरेको आरोप थियो ।
साहलाई आत्मालोचना गर्न लगाउने निर्णयसँगै महासंघले भ्रष्टाचार बारे छानबिन गर्न गठन गरेको आयोग भंग भएको महासंघले जनार्एको छ ।
महासंघले सबै जिल्ला शाखा र प्रतिष्ठानलाइ पुष १५ गतेसम्म साधारण सभा गर्न पनि निर्देशन दिएको छ । महासंघले  सहमतिको सरकार बनाएर चुनावमा केन्द्रीत हुन पनि दलहरुलाइ आह्वान गरेको छ ।

बैठकपछि महासंघले जारी गरेको विज्ञप्ति जस्ताको तस्तै

प्रेस विज्ञप्ति

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको छैठौं बैठक मंसिर ९ गते काठमाडौंमा बस्यो  । महासंघका अध्यक्ष शिव गाउँलेको अध्यक्षतामा बसेको उक्त बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा काम गर्दागर्दै सहादत प्राप्त गरेका सबै पत्रकारहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै श्रमजीवी पत्रकारहरुको पेशागत सुरक्षा, आर्थिकलगायत समसामयिक विविध विषयमा गहन छलफल गरी महत्वपूर्ण निर्णयहरु गरेको छ ।

बैठकका प्रमुख निर्णयहरु देहायबमोजिम छन्–
१। मुलुकको संक्रमणकाल लम्विदै गएको र निर्वाचन गर्ने विषयसमेत अनिश्चयका बीचमा पनि राजनीतिक दलहरु सहमति खोज्नु साटो सत्ता विवादमा अल्झिएकोमा बैठकले गम्भीर चिन्ता व्यक्त ग¥यो । बैठकले तत्काल सहमतीय सरकार गठन गरी निर्वाचनको मिति तोक्न र त्यससम्बन्धी कानुनी तथा भौतिक तयारीमा केन्द्रित हुन दलहरुको ध्यानाकर्षण गराएको छ ।

२। महासंघको सबै जिल्ला शाखा र प्रतिष्ठान शाखाहरुलाई यही पुस १५ गतेभित्र साधारणसभा गर्न बैठकले निर्देश गरेको छ ।

३। श्रमजीवी पत्रकारहरुको पेशागत सुरक्षाप्रति महासंघको पुनः गम्भीर ध्यानाकर्षण भएको छ । साथै, महासंघले सरोकारवाला निकायसँग मिलेर अनुगमन गर्ने निर्णय गरेको छ ।

४। पेश्की रकम र त्यसको फस्र्छौट विवाद सम्बन्धमा
बैठकले २०६८ भदौमा लिएको पेश्की फस्र्छौट मामिलामा त्रुटी देखिएकोले कोषाध्यक्ष शीतल साहलाई लिखित रुपमा आत्मा आलोचना गर्न निर्देशन दिने निर्णय ग¥यो । केन्द्रीय समितिको यस्तो निर्देशनपछि २०६९ कात्तिक २० गते सचिवालयले निर्णय गरेको अधिकार सम्पन्न आयोग गठनबारेको निर्णय स्वतः निष्क्रिय भएकोले आयोगमा बस्न स्वीकृति प्रदान गर्नु भएकोमा आयोगका अध्यक्ष र सदस्यहरुमा धन्यवाद दिने निर्णय गरियो ।

५। २०६९ भाद्र ३१ गतेदेखि हराइरहेका ताप्लेजुङका रेडियोकर्मी मदन पौडेल अवस्था हालसम्म सार्वजनिक नगरिएकोमा बैठकको गम्भीर ध्यानाकर्षण भएको छ । बैठक तत्काल रेडियोकर्मी पौडेलको अवस्था सार्वजनिक गर्न सरकारसँग माग गर्दछ ।

६। बैठकले महासंघ, बझाङ शाखाका सचिव नरेन्द्र खड्का, दाङ शाखा सदस्य शान्ता पौडेल, सप्तरी शाखा सदस्य विवेकानन्द झा, सिन्धुपाल्चोक शाखा सदस्य ईश्वरीमान श्रेष्ठ, न्यूज २४ टेलिभिजन शाखा सदस्य तारा रेग्मी, वरिष्ठ पत्रकार चन्द्रलाल झा, सञ्चारकर्मी प्रवीण गिरी र टेलिभिजनकर्मी प्रवीण थापाको निधनमा दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनहरुप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

ओम शर्मा
महासचिव

प्रतिक्रिया
सम्बन्धित खवर

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

काठमाडौँ ।कोभ्याक्स सुविधाअन्तर्गत नेपालमा शुक्रबार कोभिड–१९ विरुद्धको मोर्डना खोप आउँदै छ । एक लाख ८८ हजार डोज आउने बताइएको उक्त

काठमाडौं।नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि हुने भएको छ । केन्द्रीय निर्वाचन समितिको बिहीबारको बैठकले आजका मितिसम्म अधिवेशन हुन

बागमती । बागमती प्रदेशमा हालसम्म ६८ प्रतिशतले कोरोना भाइरस सङ्क्रमणविरुद्धको पूर्ण खोप लगाएको छ । यस प्रदेशमा १८ लाख ७२

आजको प्रमुख समाचार