सुन तोलाको ६१ हजार ८ सय ५० रुपैयाँ पुग्यो

१० मंसिर २०६९, आईतवार १५:२५ मा प्रकाशित

काठमाडौं, १० मंसिर । सुन तोलाको ६० हजार ८ सय ५० रुपैयाँ पुगेको छ । सुनको भाउ आज एकै दिन १ हजार रुपैयाँले बढेपछि यति पुगेको हो । गएको हप्तादेखि बढ्न थालेको सुनको भाउ हप्ताको पहिलो दिन आज तोलामा एक हजार रुपैयाँले बढेको हो ।
गत शुक्रबार तोलामा ६० हजार ८ सय ५० रुपैयाँ रहेको सुनको भाउ आज बढेर ६१ हजार ८ सय ५० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी संघले जनाएको छ । अन्तराष्ट्रिय बजारमा पनि भाउ बढेकाले नेपाली बजारमा सुनको भाउ बढेको संघका अध्यक्ष तेजरत्न शाक्यले बताए । अन्तराष्ट्रिय बजारमा आज सुन प्रति औँस १७ सय ५२ डलर रहेको छ ।
यस्तै हप्ताको पहिलो दिन चाँदीको भाउ पनि बढेको छ । तोलामा २५ रुपैयाँले बढेर चाँदी आज १२ सय २५ रुपैयाँमा किनबेच भईरहको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।केही समययता घटेको बैंकहरूको निक्षेप पुनः बढ्न थालेको छ । मंसिरको पहिलो र दोस्रो सातामा निक्षेप घटेकोमा तेस्रो सातामा निक्षेप

काठमाडौँ । हरेक युनिट बिजुलीलाई आर्थिक उत्पादनमा जोड्ने र देशभित्रै खपत बढाउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले योजनाबद्ध रुपमा प्रयास

काठमाडौँ । सरकारले राजस्व छल्नेहरूमाथि बढाएको अनुगमन तथा निगरानीसँगै अहिले राजस्व छलीका अनेकौं रूप धमाधम बाहिरिन थालेको छ । पछिल्लो

काठमाडाैँ।चालु आर्थिक वर्ष २०७८/०७९ को तीन महिनामै १० अर्ब रुपैयाँ बराबरको चाँदी आयात भएको छ । अघिल्लो आवको यसै अवधिको