तोकिएको समयमै विपक्षी दलहरुले सहमतिको प्रधानमन्त्री दिन्छन्ः राणा

१० मंसिर २०६९, आईतवार १५:१३ मा प्रकाशित

काठमाडौ, १० मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति समशेर राणाले राष्ट्रपतिले तोकेको समय भित्रै विपक्षीहरुले आफ्नो तर्फबाट सहमतिको प्रधानमन्त्री दिने दावी गरेका छन् । आज राजधानीमा गरएको कार्यक्रमा बोल्दै उनले दुई दुई पटक नेकपा एमाले र एकीकृत नेकपा माओवादीले सरकारको नेतृत्व गरिसकेकोले अबको सहमतिको सरकारको नेतृत्व काग्रेसले पाउने विश्वास ब्यक्त गरे ।
राणाले भने–एमाले र माओवादीले नेतृत्व गरिसकेकोले अब काग्रेसको नेतृत्व स्वभाविक हुन्छ । ६–६ महिनासम्म सहमतिको सरकारकोलागी पहल गर्दा समेत सरकारले टेरपुच्छर नलगाएपछि राष्ट्रपतिले सहमतिको सरकार गठनकालागी बाध्य भएर आब्हान गरेको तर्क गर्दै उनले राष्ट्रपतिको कदम मुलुकलाई डेडलकबाट मुक्त गर्नकालागी बाध्यकारी भएको दावी गरे ।
मुलुकमा लामो समयदेखि परेको राजनीतिक गाँठो फुकाउन राष्ट्रपतिद्धारा चालिएको कदमलाई कसैले पनि नकारात्मक रुपमा लिन नहुने भन्दै सरकारले पनि समस्या समाधानको हिसावमा सकारात्मक रुप्मा लिनु पर्ने बताए ।
माओवादीमा पनि राष्ट्रपतिको कदमको विषयमा दुई धार रहेको दावी गर्दै उनले अध्यक्ष प्रचण्ड खेमा त्यसलाई लिएर आन्दोलन गर्ने पक्षमा नरहेको बताए  । त्यसैले पनि सात दिन भित्र सहमतिको सरकार मुलुकले पाउने उनको विश्वास थियो । यद्यपि उनले सात दिनभित्रमा सहमति नजुटे राष्ट्रपतिले दलहरुलाई सहमतिकोलागी थप समय दिने विश्वास ब्यक्त गरे ।  विगत छ महिना देखि सहमतिकोलागी नै प्रयास भएकोले अहिले बहुमतीय सरकार गठनकोलागी प्रयत्न र सोच कसैले पनि राख्न नहुने उनको धारणा थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार