असपतालमा होइन, सार्वजनिक वसमा जन्मियो बच्चा

१० मंसिर २०६९, आईतवार १५:०६ मा प्रकाशित

तेह्रथुम, १० मंसिर । संखुवासभाको चैनपुरवाट विराटनगरतर्फ आउदै गरेको यात्रु बहाक वस भित्रै एक महिलाले वच्चा जम्माएकी छिन् । ना ४ ख ६९८५ नम्वरको गौरी यातायातमा संखुवासभा जलजला ८ की गायत्री अधिकारीले आईतवार दिउँसो छोरी जम्माएकी हुन् ।
आइतवार विहानैदेखि सुत्केरी वेथाले च्यापेपछि परिवारले अधिकारीलाई वाना स्वास्थ्य चौकी लगेका थिए । वाना स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले आफूहरुले सुत्केरी गराउन नसक्ने वताएपछि परिवारले उहाँलाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तर्फ लैजादै थियो ।
सुत्केरी वेथाले च्यापेकी वुहारीलाई सुविधा युक्त स्वास्थ्य संस्थामा लैजान एम्वुलेन्स् नभेटिएकाले यात्रु वाहक वसमै राखेर ल्याउदै गर्दा वच्चा जन्मिएको गायत्रीका जेठाजु कृष्ण अधिकारीले जानकारी दिए । तेह्रथुमको देउरालीमा आउदै गर्दा महिलाले वच्चालाई जम्म दिएकी थिईन् । वस भित्रै वच्चा जन्माउने महिलाको सालनाल प्राथमिक स्वास्थ्य केन्द्र वसन्तपुरका स्वास्थ्यकर्मीले वस भित्रै काटेका थिए । आमा र शिशुको स्वास्थ्य सामान्य रहेको स्वास्थ्यकर्मीको भनाई छ । आमा र वच्चालाई अहिले प्राथमिक स्वास्थ्य केन्द्र वसन्तपुरमा राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

सौराहा।सौराहास्थित एमालेको १०औं महाधिवेशनको बन्दसत्रस्थल बाहिर सर्वसम्मतिमा नेतृत्व चयन गर्न दबाब दिँदै नाराबाजी सुरु भएको छ । बन्दसत्रस्थल बाहिर ‘केपी

चितवन।एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका नेता भीम रावलले एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने

जनकपुरधाम।प्रदेश २ मा प्रदेशसभा गठन भएको झण्डै चार वर्ष पुगिसकेको छ । तर, प्रदेशसभाको सार्वजनिक लेखा समितिले अझै पूर्णता पाउन

काठमाडौं।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार विभिन्न जिल्लामा जिल्ला अधिवेशन हुँदैछ । काठमाडौं, ललितपुर, भक्तपुरलगायतका अधिकांश जिल्लामा आज अधिवेशन हुन लागेको

आजको प्रमुख समाचार