‘बलात्कारीलाई माफी’

१० मंसिर २०६९, आईतवार ११:२५ मा प्रकाशित

सुर्खेत, १० मंसिर । बलात्कारमा परेकी एक बालिकाको परिवारले आफूहरूले न्याय नपाएको बताएको छ । कक्षा ६ मा अध्ययनरत १३ वर्षीया बालिकाका परिवारले आरोपीलाई सफाइ दिइएको भन्दै न्याय नपाएको बताएका हुन् ।
पत्रकार सम्मेलनमा पीडित बालिकाकी आमा डिल्ली सार्कीले छोरीलाई बलात्कार गर्ने मैनतडा–२ ठूलोजात्रीका राजेश र दीपक विकलाई ०६९ भदौमा सफाइ दिएको भन्दै अदालतले अन्याय गरेको गुनासो गरिन् । आरोपीलाई पनि सफाइ दिइएको र क्षतिपूर्ति पनि केही नदिएको उनको गुनासो छ । ‘मुद्दा हेर्ने सरकारी वकिलले ७० दिनभित्र पुनरावेदन गर्छौं भन्थे,’ उनले भनिन्, ‘अब एकरदुई दिन मात्रै बाँकी छ, अहिलेसम्म केही गरेकै छैन ।’
उनले अझैसम्म छोरी ठीक नभएको बताइन् । क्षेत्रीय अस्पतालमा ४० हजार रुपियाँ खर्च गरेर उपचार गरेको भए पनि छोरी बेलाबेलामा चिच्याउने, राति तर्सने गरेको सार्कीले बताइन् । बालिका चैत ०६८ मा बलात्कृत भएकी थिइन् । घटनामा राजेश र दीपकलाई गाउँकी विष्णु विकले सहयोग गरेको पीडितकी आमाले बताइन् । पहिले विष्णु विकले नै दोषीहरूलाई चिनाएको भए पनि पछि बयान दिने बेला होइनन् भनेको पीडितका आफन्त रघुवीर मिजारले बताए ।
विष्णु विकलाई रकम दिएर होइन भन्न लगाएको पीडितको आरोप छ । आफूहरूलाई पनि दोषीका पक्षका आफन्तले पैसा दिएर गाउँमै मिल्न भनेकाले घुस खुवाएरै दोषीलाई सफाइ दिएको हुनसक्ने आफन्तले शंका गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । आज सूर्यग्रहण लाग्दैछ । सूर्य ग्रहण दक्षिण अमेरिका, अस्ट्रेलिया, दक्षिण अफ्रिका र दक्षिण एट्लान्टिकका देशबाट मात्रै देख्न सकिने

काठमाडौं।बंगालको खाडीको मध्यपश्चिम भूभागमा ‘जवाद’ नामक सामुन्द्रिक चक्रवात बनेको छ। उक्त चक्रवात आज शनिबार बिहान भारतको ओडिसाको तटीय क्षेत्रमा पुग्ने

काठमाडौं । भारत सरकारले नेपाललाई करिब दुई लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने तयारी गरेको छ । दुई देशका

काठमाडौं ।विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का दक्षिण पूर्वी एसियाका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंहले भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट भेटिएसँगै