राष्ट्रपतिको पत्र दलीय सहमतिको लागि हो: महरा

१० मंसिर २०६९, आईतवार ०७:४२ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, १० मंसिर । एकिकृत नेकपा माओवादीले राष्ट्रपति डा. रामवरण यादवको कदमलाई असंबैधानिक ठहर गरिरहँदा पार्टीका संगठन विभाग प्रमुख कृष्णबहादुर महराले सकारात्मक कदमको रुपमा लिएका छन । “राष्ट्रपतिले सहमतीय सरकारको लागि आग्रह गरेको हो भने त्यो सकारात्मक छ ।” शनिबार बुटवलमा आयोजित एक कार्यक्रममा उनले भने–“राष्ट्रपतिले सहमतीय सरकारको आव्हान गर्नुभएको हो । मैले यसलाई सामान्य रुपमा लिएको छु ।” राष्ट्रपति यादवले धेरै पटक सहमतीय सरकारको आव्हान गरेको स्मरण गर्दै उनले कदमबाट खुसी हुने र दुःखी हुनु पर्ने पनि अवस्था नभएको बताए । प्रधानमन्त्रीको गत ७ गतेको सम्बोधन र राष्ट्रपतिको कदम सहमतीय सरकारको लागि दवाव भएको पनि उनले दावी गरे । “प्रधानमन्त्री जी को अस्तिको सम्बोधन राजिनामाको स्प्रिट नै हो । वर्तमान राजनीतिक अस्थिरताको निकासका लागि दलीय सहमति आवश्यक रहेको र केही दिन भित्रै दलीय सहमति हुनेमा आफू विश्वत रहेको पनि बताए । गत जेठ १४ मा संबिधान जारी गर्ने पक्षमा सवै राजनीतिक दल प्रतिवद्ध रहेको बताउँदै उनले संविधान आउन नदिने माओवादी कांग्रेस एमाले भन्दा बाहीरको कुनै शक्ति हुन सक्ने औंल्याउँदै त्यसको खोजी गर्नु पर्ने बताए । क्रान्तिकारी पत्रकार संघ नेपाल अवध राज्य समितीको तेस्रो राज्य सम्मेलनलाई शनिबार बुटवलमा उद्घाटन गर्दै उनले पत्रकारहरुलाई राज्यले परिभाषित गर्दा चौंथो अंङ्गको रुपमा हेर्ने गरेपनि सञ्चारको विकासमा चासो नदेखाउँदा पत्रकारको अवस्था दयनीय बन्दै गएको औंल्याए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार