फेरी पनि एमाओवादीले माग्यो विपक्षी दलसंग प्रधानमन्त्रीको उम्मेद्वार

९ मंसिर २०६९, शनिबार २१:०१ मा प्रकाशित

काठमाडौं, ९ काठमाडौं । एकीकृत नेकपा माओवादीले फेरी पनि विपक्षी दल कांग्रेस एमालेसंग प्रधानमन्त्रीको उम्मेद्वार मागेको छ । आज साँझ सिंहदरबार स्थित शान्ति मन्त्रालयमा बसेको तीन दलका शीर्ष नेताको बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको उम्मेद्वार माग गरेको हो । यसअघि पनि माओवादीले विपक्षी दलहरुलाई प्रधानमन्त्रीको उम्मेद्वार पेश गर्न माग गरेका थिए ।
बैठकमा एमाओवादीले सहमतीय सरकारको प्रधानमन्त्रीसहित निर्वाचनको मिति र संवैधानिक निकासका विषयमा ठोस प्रस्ताव माग गरेको बैठकपछि माओवादीका एक नेताले बताए । तर, कांग्रेस एमालेले भने, त्यसबारे कुनै जवाफ दिएको छैन । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले विपक्षीको प्रस्ताव हेरेर सत्तारुढ दलले ठोस जवाफ दिने बैठक पछि जानकारी दिए ।
बैठकमा सहभागि कांग्रेसका नेताले भने पार्टीका नेता शेरबहादुर देउवा राजधानी फर्केपछि सोमबार केन्द्रीय समितिको बैठक बोलाएर प्रधानमन्त्रीको उम्मेद्‍वार चयन गर्ने जवाफ दिएको छ ।
एमाओवादी अध्यक्ष दाहालले सहमतीय सरकारको प्रधानमन्त्रीसहित निर्वाचनको मिति र संवैधानिक निकासका विषयमा ठोस प्रस्ताव आए आफ्नो दल हदैसम्मको लचिलो हुन तयार रहेको बैठक पछि जानकारी दिए । एमाले अध्यक्ष झलनाथ खनालले राष्ट्रपतिले दिएको समयसीमाभित्र निकास निस्कने दाबी गरे । जसरी पनि सहमतिमा पुग्नुछ, उनले भने, ‘सहमतिमा कसरी पुग्न सकिन्छ भन्नेबारे भोलि पर्सी पनि निरन्तर छलफल गर्छौं ।’
एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संक्रमणकाल लम्ब्याउने पक्षमा आफ्नो दल नभएको बताउँदै प्याकेजमा सहमतिका लागि नयाँ शिराबाट अघि बढ्न तयार रहेको बताए । त्यस्तै कांग्रेस उपसभापति रामचन्द्र पौडेलले छलफल सकारात्मक रहेको बताउँदै संवैधानिक निकास, वैशाखमा चुनाव गर्ने विषयमा छलफल भएको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार