प्रहरीको आडमा क्यासिनो अन्नामा फेरी झगडा

९ मंसिर २०६९, शनिबार १७:५८ मा प्रकाशित

 काठमाडौ,  ९ मंसिर । क्यासिनो अन्नाका ५३ प्रतिसत सेयरधारी कल्पदिप राईलाई अदालतले समेत अबैधानिक भनेर फैसला सुनाएका तप्त बहादुर विष्टको समूहले आक्रमणको प्रयास गरेको छ ।
अन्ना क्यासिनोको कमलपोखरी स्थित कर्पोरेट अफीसमा रहेको बेला विष्टका गुण्डाहरु कृष्णानन्द भट्ट, गोपाल राई, भवानी ढगुन्ना, सुमन डंगोल, रवीन ठकुरी, आशिष खड्का, सुमन घले, विकास डंगोल र मुटु भनेर चिनिने ब्यक्तिको समूहले अकस्मात आएर आक्रमणको प्रयास गरेको रिपोर्टर्स क्लब नेपालमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा राई र अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुरा मजदुर संघका अध्यक्ष नानिकाजी बस्नेतले जानकारी दिए ।
विष्टले पठाएका गुण्डाहरुको समूहले क्यासिनोमै काम गर्ने डिलबहादुर बानियाँ, किरण शाही, रुपक बुढाथोकी र अनिल बानियालाई मरणाशन्न हुने गरी कुटपिट गरेका थिए । उनीहरुको हाल हिमाल नसिंङ होममा उपचार भईरहेको छ । घाईते मध्ये अनिल बानीयाँलाई भने कमल पोखरीबाट अपहरण गरेर क्यासिनो अन्ना परिषरमै लगी कुटपिट गरेका थिए । घटनामा क्यासिनौ कै कर्मचारी विवेक रानाभाटलाई भने आक्रमणकारीहरुले अपहरण गरी लगेका छन् । आक्रमणकारीहरु करिब २० जनाको संख्यामा आएका थिए ।
आक्रमणकारीहरु क्यासिनो अन्नाकै दुइ वटा माईक्रोबस र एउटा स्कुटरमा चढेर आएका थिए । उनीहरु बा ४ च ७१४१ र ७१४० नम्बरको माईक्रोबस र बा ३० प ३८१ नम्बरको स्कुटरमा चढेर आएको पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
क्यासिनो अन्नाको ५३ प्रतिसत सेयर किनेका राईलाई पुराना अध्यक्ष विष्टले नयाँ अध्यक्षको रुपमा स्विकार नगरी पटक पटक आक्रमण गरेर क्यासिनो आफ्नो नियन्त्रणमा राख्दै आएका थिए । विष्टलाई महानगरिय प्रहरी परिषर हनुमान ढोका र महानगरिय प्रहरी प्रभाग दरवार मार्गले सहयोग गरेकोले पनि राईले करिब ८ महिना देखि लगानी गरे पनि काम गर्न पाएका छैन ।
स्वामित्व र नेतृत्वको विवादमा कम्पनी रजिष्टारको कार्यालयले असोज २९ गते र पुनरावेदन अदालतले असोज १० गते आधिकारिक अध्यक्ष राईनै रहेको फैसला गरे पनि त्यसलाई स्विकार नगरी विष्ट समूहले प्रहरीको आडमा आफ्नो कब्जा जमाउँदै आएको पत्रकार सम्मेलनमा गुनासो गरियो ।
पिडितहरुले यसअघिनै गृहमन्त्रालय ,प्रहरी परिषर हनुमानढोक, जिल्ला प्रशासन कार्यालय, प्रहरी आयूक्तको कार्यालयमा शान्ति सुरक्षाको लागी निवेदन दिएको अवस्थामा आक्रमण भएको हो । राईका अनुसार प्रहरी महानिरिक्षक कुवेर सिह रानाले समेत हनुमान ढोका प्रहरीलाई शान्ति सुरक्षाकोलागी निर्देशन दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।केही समययता घटेको बैंकहरूको निक्षेप पुनः बढ्न थालेको छ । मंसिरको पहिलो र दोस्रो सातामा निक्षेप घटेकोमा तेस्रो सातामा निक्षेप

काठमाडौँ । हरेक युनिट बिजुलीलाई आर्थिक उत्पादनमा जोड्ने र देशभित्रै खपत बढाउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले योजनाबद्ध रुपमा प्रयास

काठमाडौँ । सरकारले राजस्व छल्नेहरूमाथि बढाएको अनुगमन तथा निगरानीसँगै अहिले राजस्व छलीका अनेकौं रूप धमाधम बाहिरिन थालेको छ । पछिल्लो

काठमाडाैँ।चालु आर्थिक वर्ष २०७८/०७९ को तीन महिनामै १० अर्ब रुपैयाँ बराबरको चाँदी आयात भएको छ । अघिल्लो आवको यसै अवधिको

आजको प्रमुख समाचार