राष्ट्रपतिको कदमले संबैधानिक संकट निम्त्याउँने गुरुङको दावी

९ मंसिर २०६९, शनिबार १७:५७ मा प्रकाशित

काठमाण्ठौ, ९ मंसिर । नेकपा–माओवादीका सचिव देबप्रसाद गुरुङले राष्ट्रपतिको कदम राजनीतिक रुपमा दलहरुवीच सहमति होस भनेर दवाव दिने उदेश्यले आएकोले सकारात्मक रहे पनि यसले संबैधानिक संकट निम्त्याउने दावी गरे ।
उनले राष्ट्रपतिले चालेको कदम अनुसार दलहरुवीच सहमति बन्न सके मुलुकले सहज निकास पाउने अन्यथा मुलुकमा अन्तरिम संविधानको घोर उल्लघन हुने ठोकुवा गरे ।
प्रधानमन्त्रीले जेठ १४ गते चालेको असम्बैधानिक कदम सच्याएर मुलुक र संविधानलाई ट्रयाकमा ल्याउने जिम्मेवारी राष्ट्रपतिकै भएको भन्दै प्रधानमन्त्रीको मंसिर ७ गते निर्वाचन गर्ने कदमलाई सच्याउनु पर्नेमा जोड दिए ।
सरकारको निर्वाचन घोषणालाई स्विकार्नु र निर्वाचनकोलागी ल्याईएको बजेट स्विकार्नु राष्ट्रपतिको गल्ती भएको दावी गर्दै गुरुङले अब दलहरुको सर्वपक्षीय छलफल गरेर सहमतिबाट मुलुकलाई निकास दिनु पर्ने बताए । उनले मधेसी राष्ट्रपति र उपराष्ट्रपति , ब्राम्हण र क्षेत्रीले प्रधानमन्त्रीको नेतृत्व गरिसकेकोले अबको सरकारको नेतृत्व जनजातीले गर्नु पर्ने भन्दै आफ्नो पार्टीले महासचिव रामबहादुर थापा बादललाई नेतृत्वकोलागी अगाडि साने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

बैतडी । राष्ट्रिय परिचयपत्रका लागि बैतडीमा साढे पाँच हजार व्यक्तिको विवरण सङ्कलन गरिएको छ । विसं २०७७ असोज पहिलो सातादेखि

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीकाे नयाँ नेतृत्वका लागि आज बिहान ८ बजे तय भएकाे मतदान साढे १० बज्दा पनि सुरु भएकाे छैन

काठमाडौँ । आज सूर्यग्रहण लाग्दैछ । सूर्य ग्रहण दक्षिण अमेरिका, अस्ट्रेलिया, दक्षिण अफ्रिका र दक्षिण एट्लान्टिकका देशबाट मात्रै देख्न सकिने

आजको प्रमुख समाचार