‘राष्ट्रपतिले ‘कु’ गर्न खोजे हामी प्रतिवादमा उत्रन्छौं : पौडेल

९ मंसिर २०६९, शनिबार १७:४४ मा प्रकाशित

काठमाडौ, ९ मंसिर । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देबेन्द्र पौडेल सुनिलले राष्ट्रपतिले शुक्रवार बक्तब्य मार्फत चालेको कदम कु भएकोले त्यसको प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।
राष्ट्रपतिले पूर्व राजाहरुले कदम चाले जस्तै गरी संविधानको मर्म र भावनालाई उल्लघन गरेर गतिविधी गरेको आरोप लगाए । पौडेलले भने–राष्ट्रपतिले आफूमा नरहेको अधिकार प्रयोग गरेर कु गर्ने आशयको बक्तब्य निकाल्नु भएको छ । यसको प्रतिवाद गर्नुको विकल्प छैन ।
उनले सहमतिकालागी दवाव दिन सामान्य खाले विज्ञप्तिमार्फ निकालेको भए उचित हुने तर्क गर्दै संविधानको धारा उल्लेख गरेर मुख्य सचिवलाई समेत पत्र पठाएर खतरनाक कदम चाल्न खोजेको आशंका ब्यक्त गरे । राष्ट्रपतिलाई उक्साएर अन्तरिम संविधानलाई समाप्त पार्ने खेल भएको दावी गर्दै प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई हटाएर अब मुलुकमा कुनै बैद्यानिक सरकार बन्नै नसक्ने ठोकुवा गरे । उनले भने–सहमतिमा संविधानसभाको पुनःस्थापना गरेमात्रै बैद्यानिक सरकार बन्न सक्छ । नभए त्यसै बन्ने सरकारको बैद्यानिकता हुँदैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा।नेपाली कांग्रेसको प्रदेश अधिवेशन चलिरहेको छ । गण्डकी प्रदेशमा कांग्रेस सभापति पदमा उम्मेदवारी दिँदा ९१ हजार शुल्क बुझाउनुपर्ने छ ।

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा उम्मेदवारी शुल्क एक लाख रुपैयाँ तोकिएको छ। बुधबारबाट काठमाडौंमा सुरु भएको एकता महाधिवेशनले

सुर्खेत।नेपाली कांग्रेसको सुर्खेतमा सुरु भएको कर्णाली प्रदेशको पहिलो अधिवेशन वरिष्ठ नेता रामभन्द्र पौडेल पक्षले बहिस्कार गरेको छ । कांग्रेस महामन्त्री

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार गरेका छन्। कोरोना संक्रमणपछि बलम्बुस्थित

आजको प्रमुख समाचार