राष्ट्रपतिले ज्ञानेन्द्रको शैली अपनाएको अर्थमन्त्री पुनको आरोप

९ मंसिर २०६९, शनिबार १७:३८ मा प्रकाशित

काठमाडौं, ९ मंसिर । अर्थमन्त्री वर्षमान पुनले राष्ट्रपति रामवरण यादवले पुर्वा राजा ज्ञानेन्द्रको शैली अपनाएको आरोप लगाएका छन् । उनले भने, ‘राष्ट्रपतिले सहमतीय सरकार निर्माणका लागि दलहरुलाई आव्हान गरेर पूर्वराजा ज्ञानेन्द्र शाहको निरंकुश शैलीलाई अपनाउनु भयो ।’
ुज्ञानेन्द्र शाहले निरंकुशता लाद्दै दलहरुसंग प्रधानमन्त्रीको नाम दिन आव्हान गर्ने शैली जस्तै राष्ट्रपतिले पनि गर्नुभएको शैली एउटै हो । यो असंवैधानिक कदम हो, एनेकपा माओवादी मध्यपुरथिमि नगरपालिका वडा नं ७ देखि १७ सम्मको वडा सम्मेलन उद्घाटन गर्दै उनले भने, ‘ज्ञानेन्द्रले टिके प्रधानमन्त्री बनाए जस्तै राष्ट्रपतिले पनि टिके सरकार गठन गर्न खोजेको हुनसक्छ ।’
मोहन वैद्य नेतृत्वको नेकपा(माओवादी, कांग्रेस, एमाले सबै राष्ट्रपतिको टिके हुन खोजेको उनले आरोप थियो । यी दलहरुले संबिधान बन्न नदिने, चुनाव पनि गर्न नदिने र एमाओवादीलाई एक्ल्याएर यथास्थिति रहेको उनको आरोप छ ।
आफनो पार्टीले राष्ट्रपतिको असंबैधानिक कदमको भण्डाफोर गर्ने उनले बताए । राष्ट्रपति, काग्रेस, एमालेले चाहदैमा अब यहाँ केही हुदैन,ु पुनले भने, ुराष्ट्रपतिलाई अब अगाडि जान दिँदैनौ ।ु

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पद तथा गोपनीयताको शपथ लिएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय

काठमाडौं । राप्रपाको एकता महाधिवेशनबाट अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनसहितको नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ ग्रहण कार्यक्रमलाई निवर्तमान अध्यक्ष कमल

काठमाडौं।नेकपा माओवादी केन्द्रले आगामी ११–१३ पुसमा हुने राष्ट्रिय सम्मेलनका लागि कार्यविभाजन गरेको छ । स्थायी कमिटीको बैठकपछि जारी गरिएको सर्कुलरअनुसार

काठमाडौं । राप्रपाको अध्यक्षमा पराजित भएपछि निर्वतमान अध्यक्ष कमल थापा पूर्वराजपरिवारमाथि आक्रोश व्यक्त गरिरहेका छन् । हालै पार्टीको सम्पन्न महाधिवेशनले राजेन्द्र लिङ्देनलाई