ठुलो एकादशी परेकाले बजारमा पिँडालु र तरुल किन्नेको भीड

९ मंसिर २०६९, शनिबार १५:१९ मा प्रकाशित

काठमाडौ, ९ मंसिर । आज ठुलो एकादशी परेकाले बजारमा पिँडालु, तरुल, सखरखण्ड किन्नेको भीड बढेको छ । भने कालीमाटी फलफूल तथा तरकारी बजारमा डेढ सय मेट्रिक टन तरुल, सखरखण्ड र पिँडालु भित्रिएको बताइएको छ ।
बिहानैदेखि पिँडालु र सखरखण्डको कारोबार राम्रो भएको व्यापारीहरुले बताएका छन् । हिन्दु संस्कारमा हरिबोधनी एकादशीको दिन खानाको सट्टा तरुल पिँडालु जस्ता परिकार खाने प्रचलन छ । एकादशीका लागि भनेर भारतबाट झण्डै ७० टन सखरखण्ड आयात गरिएको छ । अरु सखरखण्ड भने धादिङ, नुवाकोट र सर्लाहीबाट ल्याईएको छ । यस्तै बजारमा काभ्रे, धादिङ र सर्लाहीबाट पिँडालु र तरुल पनि पर्याप्त आएका छन् ।

बजारमा शनिबार सखरखण्ड किलोको ३५ देखि ४०, पिँडालु ३२ देखि ३५ र तरुल २८ देखि ३० रुपैयाँ थोक मूल्यमा कारोबार भैरहेको छ । पर्याप्त तरुल, पिँडालु र सखरखण्ड आएकाले अभाव नहुने बिक्रेताले बताएका छन् । चिसोको मौसम सुरु भएकाले गेडागुडीमा मिसाएर खानका लागि केही दिन यतादेखि पिँडालु र तरुलको माग बढेको उनीहरुले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार ६०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु

पर्सा । पालको मुख्य प्रवेशद्वार र देशकै प्रमुख व्यपारिक नाका वीरगञ्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से

काठमाडौं । असार अन्तिम हप्तासम्म देशभर ४५ प्रतिशत धान रोपाइँ भएको छ । बाली विकास तथा जैविक विविधता केन्द्रका अनुसार