
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले गैरआवासीय नेपाली संघ (एनआरएनए) विभाजन गर्ने शेष घलेको ठिक नरहेको बताएका छन् ।
एनआरएनएका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना दिने क्रममा अध्यक्ष प्रचण्डले आफूले शेष घलेलाई पनि मिलेर एउटै मूल प्रवाहमा आउन सुझाव दिने बताए ।
प्रचण्डले भने–शेषजीले किन त्यसो गर्नुभयो ? मैले बुझ्न सकेको छैन, मौका मिले त्यसो नगर्नुस्,विभाजित होइन मिलेर जानुस् भन्ने सुझाव दिनेछु । उहाँले त्यसो गर्नु नहुने हो ।
एनआरएनएका पूर्व अध्यक्ष घलेले अलग्गै भेला गरी एनआरएन विभाजन गरेका छन् । प्रचण्डले उनको त्यो कदम ठिक नरहेको बताए । अध्यक्ष प्रचण्डले संघ र प्रदेशको चुनावसम्म विदेशमा बस्ने नेपालीलाई मतदानको अधिकार दिलाउन आवश्यक पहल गर्ने आश्वासन समेत दिए ।
प्रतिक्रिया
सम्बन्धित खवर
लन्डन । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिको आयोजनामा आगामी सेप्टेम्बर दोस्रो साता हुने चौथो विश्व स्वास्थ्य सम्मेलनमा राष्ट्रिय आविस्कार केन्द्रका
काठमाडौं । बहुपदीय प्रणालीमा सहमति भएसँगै गैरआवासीय नेपाली संघ(एनआरएनए)मा पहिलो कार्यकारी अध्यक्ष भएका हुन् कुल आचार्य। एनआरएनएको इतिहासमै पहिलोपटक बनेको यो
गैरआवासीय नेपाली संघको प्रतिनिधिमण्डल र काठमाडौ महानगरपालिका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ । मेयर कक्षमा भएको भेटघाटको क्रममा संघले
गैरआवासीय नेपाली संघ ९एनआरएनए०ले राष्ट्रिय आविष्कार केन्द्रलाई १२ लाख ८७ हजार ५८० रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ । एनआरएनएको