बैदेशिक रोजगारीका क्रममा मृत्यु भएका राईलको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण

९ मंसिर २०६९, शनिबार १५:०० मा प्रकाशित

खोटाङ, ९ मंसिर । बैदेशिक रोजगारीका क्रममा हृदयघातका कारण ज्यान गुमाएका खोटाङका कबिन राईको परिवारलाई कतारको खोटाङ सेवा समाजले १ लाख ५५ हजार रुपैयाँ सहयोग गरेको छ । राई बैदेशिक रोजगारीका लागि कतार पुगेका थिए । उनको पाँच महिनाअघि सुतिरहेको अवस्थामा ज्यान गएको थियो । समाजले चन्दा उठाएर राईकी श्रीमती रोजिना राईको नाममा ७५ हजार र कान्छी छोरी किर्ति राईको नाममा ८० हजार रकम पठाएको छ ।

कबिन राई सहयोग समितिका संयोजक चन्द्रशेर राईले कतारबाट पठाएको सहयोग रकम समाजका काठमाडौ सल्लाहकार बिनादेबी राईले मृतक परिवारलाई हस्तान्तरण गरेको हासचिव नारायण बस्नेतले जानकारी दिए । खोटाङ सेवा समाजले रोजगारीका लागि विदेशमा रहेका कामदारहरुलाई अफ्ठेरो परेको बेला सहयोग गर्दै आएको छ । राई खोटाङ सेवा समाजका सल्लाहकार समेत थिए । यस्तै राईकी जेठी छोरी प्रितिलाई १० कक्षासम्मको अध्ययनका लागि महानगर सहकारी संस्थाले २ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौँ । चालीस वर्षअघि स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड गएको तीन वर्षयतादेखि नाफा कमाउन सफल भएको छ ।

काठमाडौं।अर्थमन्त्री जनार्दन शर्माले नेपालमा स्रोत र साधनको समस्या नभएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बुधबार आयोजना गरेको

काठमाडौँ । संविधान निर्माणसँगै स्थायित्वतिर लम्केको नेपालको राजनीति पुनः अस्थिरताको दिशामा बढेसँगै विकास पूर्वाधारमा असर परेको छ । गत आमनिर्वाचनमा

आजको प्रमुख समाचार