राष्ट्रपतिल असंबैधानिक कदम चालेको एमाओवादीको ठहर

९ मंसिर २०६९, शनिबार १४:४१ मा प्रकाशित

काठमाडौ, ९ मंसिर । एकीकृत नेकपा माओवादीको केन्द्रीय कार्यलयमा बसेको बैठकदले राष्ट्रपति डा. रामवरण यादवले असंबैधानीक कदम चालेको ठहर गरेको छ । पार्टी अध्यक्ष प्रचण्डको निवास लाजिम्पाटमा आज विहान बसेको बैठकले अन्तरिम संविधानले राष्ट्रपतिलाई संसद नभएको अवस्थामा यस्तो आह्वान गर्ने अधिकार नदिएको ठहर गरेको हो ।
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सहमति भए राजीनामा दिन तयार रहेको बताइरहेको अवस्थामा समयसीमा नै तोकेर राष्ट्रपतिले आह्वान गर्नु गलत भएको माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । उनले भने, प्रधानमन्त्रीलाई बेवास्ता गरेर राष्ट्रपतिबाट आह्वान भएको छ यो आपति जनक छ ।’
उनले दिउँसो १ बजे पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी पार्टी धारणा सार्वजनिक गर्ने बताए । एमाओवादी बैठकले राष्ट्रपति निरंकुश बन्न खोजेको ठहर गरेको छ ।
प्रवक्ता सापकोटाले सहमतिका लागि प्रयास भने जारी नै राख्ने जानकारी दिए । राजनीतिक गतिरोध अन्त्य गर्ने पटक पटकको प्रयास असफल भएपछि राष्ट्रपतिले अन्तरिम संविधानको धारा ३८ ९१० अनुसार सरकार गठन प्रक्रिया थालेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार