कांग्रेसभित्र शेरबहादुर-रामचन्द्रको झगडा चुलियो, तेस्रो व्यक्ति प्रधानमन्त्री हुने सम्भावना

९ मंसिर २०६९, शनिबार ०२:४५ मा प्रकाशित

काठमाडौं, ९ मंसिर । जारी राजनीतिक गतिरोध जटिल मोडमा पुगेको विषम परिस्थितिमा स्वतन्त्र व्यक्तिको नेतृत्वमा निर्वाचनमा जान नसकिने ठहर गर्दै मुख्य बिपक्षी गठबन्धनले सरकारको नेतृत्व गर्ने पालो कुरेर बसेको कांग्रेसलाई सिघ्र प्रधानमन्त्रिको नाम सुझाउन अनुरोध गरेको छ । तर मुख्य बिपक्षी दल कांग्रेस भने यहि कारण चरम आन्तरिक संकटमा फसेको छ । मुख्य बिपक्षी गठबन्धनले स्वतन्त्र व्यक्तिको नाम अस्वीकार गर्दै दलहरुले नै सहमतिको उम्मेद्वार दिने दावी गरे पनि यस अघिनै एमाओबादी अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व गर्ने पालो पाउने भनिएको पार्टीका दुई नेता शेर बहादुर देउबा र राम चन्द्र पौडेललाई बेग्ला बेग्लै भेटि आफ्नो समर्थन रहने आस्वाशन दिएका कारण कांग्रेस प्रधानमन्त्रि चयनको जटिलतामा फसेको हो । यद्यपी मुख्य बिपक्षी गठबन्धनले जटिल संक्रमणकालाई व्यवस्थापन गर्नुपर्ने भएकाले राजनीतिक दल भन्दा बाहिरको व्यक्तिबाट नेतृत्व संभव नहुने ठहर गर्दै राजनीतिक दलकै र काँग्रेसकै नेतृत्वमा सहमतिको सरकार बनाउने कोशिस गरिरहेका छन् । तर राष्ट्रपति यादवले सहमतीका लागि दिईएको समयसिमाभित्र राजनीतिक दलहरुबीच प्रधानमन्त्रीको साझा उम्मेदवारमा सहमती जुटाउन काँग्रेस भित्रको आन्तरिक खिचलोका कारण सम्भव नहुने एमाओबादीको विश्लेषण रहेको छ । एमाओबादीको विश्लेषण जस्तो भए पनि काँग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनालले समय सिमा भित्र सहमतिको प्रधानमन्त्रि दिन मुख्य बिपक्षी गठबन्धन सफल हुने दावी गरेका छन् । उता राष्ट्रपति यादवले शुक्रबार सहमतीय सरकारका लागि राजनीतिक दलहरुलाई सात दिनको समय दिनु अघि सम्म राष्ट्रिय सहमतिको लागि राजिनामा दिन सहमत प्रधानमन्त्री भट्र्राई पनि अचानक राष्ट्रपतिसंग बिच्किनु भएको छ । श्रोतका अनुसार राष्ट्रपति यादव आफुले तोकेको समयभित्र दलहरुबीच समझदारी नभई समय माग भएमा पुनः समय थप्ने र त्यतिबेलापनि सहमती बन्न नसकेमा आफैले प्रधानमन्त्री तोक्ने तयारीमा हुनुहुन्छ । श्रोत भन्छ, ‘यस्तो अस्वस्थामा राष्ट्रपति यादवले स्वतन्त्र भनिएका व्यक्ति बाट प्रधानमन्त्री चयन गरि निर्वाचनको अभिभारा सुम्पने छन् ।’ देउवा निकट श्रोतले दिएको जानकारी अनुसार सरकारको नेतृत्वको दावी गर्दै आएको मुख्य विपक्षी दल कांग्रेस भित्र उम्मेदवार चयनको बिषयमा सहमति हुने सम्भावना न्यून छ र यदि सभापति सुशील कोइरालाले समयमा शेर बहादुर देउवालाई उम्मेदबार तय गरेनन भने अर्को विकल्पको रुपमा रहेका एमाओबादी अध्यक्ष प्रचण्डलाई शेर बहादुर देउवाले समर्थन गर्ने छन् । तर सभापति सुशील कोइराला र राष्ट्रपति यादव भने शेर बहादुर र राम चन्द्रको झगडामा आफु अन्तिम विकल्पको रुपमा प्रश्तुत हुने र यो रणनीति असफल भए राष्ट्रपति यादवको गुण तिर्ने उम्मेदबार राम शरण महतलाई समर्थन गर्ने पक्षमा रहेका छन् । स्मरण रहोस यस अघिनै मुख्य बिपक्षी गठबन्धनले सरकारको नेतृत्व गर्ने पालो काँग्रेसको भएको हुदा काँग्रेसलाई सरकार बनाउन समर्थन दिने बताई सकेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट

मकवानपुर । बागमती प्रदेश सरकारले दलहरू बिच भागबण्डा मिलाउन मन्त्रालयको सङ्ख्या थप गरेको छ । प्रदेश सरकार स्थापनाका बेला सात वटा

लमजुङ।नेपाली कांग्रेस गण्डकी प्रदेशकाे जारी अधिवेशनमा मनाङका दुई जनासहित प्रदेश कार्यसमिति सदस्य पदमा सात जना निर्विरोध निर्वाचित भएका छन् ।

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीकाे नयाँ नेतृत्वका लागि आज बिहान ८ बजे तय भएकाे मतदान साढे १० बज्दा पनि सुरु भएकाे छैन

आजको प्रमुख समाचार