चिनिया राहदानीमा देखाइएको नक्शाले भारत-चीन सीमा विवाद बल्झियो

९ मंसिर २०६९, शनिबार ००:१७ मा प्रकाशित

बेइजिंग, ९ मंसिर । चीन र भारत बीच पुन: एक पटक दुई देश बीचको सीमा रेखालाई लिएर विवाद बल्झिएको छ । चीनले जारी गरेको नयाँ चिनिया राहदानी (पासपोर्ट) मा देखाइएको नक्शाले केहि भारतीय भूभागलाई चिनिया भूभागको रुपमा उल्लेख गरेको छ जसको कारण दुई देश बीच सीमा विवाद उत्पन्न भएको हो । चिनिया राहदानी (पासपोर्ट) मा जारी गरिएको नक्शामा भारतको उत्तर-पूर्वी राज्य अरुणाचल प्रदेश र पूर्वी कश्मीरको अक्साई चिनिया भूभागको रुपमा देखाइएको छ । चिनिया राहदानी (पासपोर्ट) मा जारी गरिएको नक्शालाई लिएर भारत सहित यस क्षेत्रका अन्य मुलुकहरुले पनि आपत्ति जनाएका छन् । चीनका छिमेकी राष्ट्रहरु भियतनाम,फिलिपींस र ताइवानले चिनिया राहदानी (पासपोर्ट) मा जारी गरिएको नक्शालाई लिएर आपत्ति जनाएका हुन् । चिनिया राहदानी (पासपोर्ट) मा जारी गरिएको नयाँ नक्शा अनुसार दक्षिण चीनको सामुन्द्रिक क्षेत्र र ताइवान निकटको विवादित सामुन्द्रिक क्षेत्र चिनिया भूभागको रुपमा देखाइएको छ । चीनद्वारा जारी नयाँ राहदानीमा उल्लेख गरिएको नक्शाले यस क्षेत्रमा फेरी एकपटक ठुलो सीमा विवाद खडा गरेको छ । स्रोत: बिबिसी समाचार सेवा

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

भरतपुर । नेपाली कांग्रेस चितवनको अधिवेशन गराउने जिम्मा पाउनुभएका निर्वाचन अधिकृत कमलमोहन पोखरेलले राजीनामा दिनुभएको छ । उहाँले केन्द्रीय निर्वाचन

काठमाडौँ । नेकपा एमालेको १०औं महाधिवेशनबाट केपी शर्मा ओली दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। सर्वसम्मत अध्यक्ष हुने प्रयास

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन परिणाम आउनेक्रम जारी रहँदा संस्थापन र इतर पक्षलाई आफ्नो