क्यासिनो अन्नाका अध्यक्षमाथि आक्रमण

८ मंसिर २०६९, शुक्रबार २१:३२ मा प्रकाशित

काठमाडौ, ८ मंसिर । क्यासिनो अन्नाका ५३ प्रतिसत सेयरधारी कल्पदीप राईलाई सोही क्यासिनोसम्वद्ध भनिएका तप्तबहादुर विष्टको समूहले आक्रमणको प्रयास गरेको छ । अन्ना क्यासिनोको कमलपोखरीस्थित कर्पोरेट अफिसमा रहेको बेला अदालतले अवैधानिक भनेर फैसला सुनाएका विष्टका सहयोगीहरु कृष्णानन्द भट्ट, गोपाल राई, भवानी ठगुन्ना, सुमन डंगोल, रवीन ठकुरी, आशिष खड्का, सुमन घले, विकास डंगोल र मुटु भनेर चिनिने ब्यक्तिको समूहले अकस्मात आएर आक्रमणको प्रयास गरेको दाबी राईले गरेका छन् ।
बताइए अनुसार विष्टले पठाएका गुण्डाहरुको समूहले क्यासिनोमै काम गर्ने डिलबहादुर बानियाँ, किरण शाही, रुपक बुढाथोकी र अनिल बानियाँलाई मरणाशन्न हुने गरी कुटपिट गरेका थिए । उनीहरुको हाल हिमाल नर्सिङ होममा उपचार भइरहेको छ । घाईतेमध्ये अनिल बानीयाँलाई भने कमल पोखरीबाट अपहरण गरेर क्यासिनो अन्ना परिसरमै लगी कुटपिट गरेका थिए । घटनामा क्यासिनोकै कर्मचारी विवेक रानाभाटलाई भने आक्रमणकारीहरुले अपहरण गरी लगेका छन् । आक्रमणकारीहरु करिब २० जनाको संख्यामा आएको बताइएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले १५ देखि १७ मंसिरसम्म हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्षमा घोषणा गरेका छन् । सोमबार

चितवन । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा सहभागी महाधिवेशन प्रतिनिधि, अतिथि र स्वयंसेवकलाई सौराहामा खान र बस्नको व्यवस्था गरिएको छ

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीको सर्वसम्मत नेतृत्व चयनको प्रयास मध्यरातमा असफल भएपछि सोमबारबाट अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदमा प्रतिस्पर्धा हुने