सरकारविरुद्ध देशव्यापी मोर्चाबन्दी गर्न विपक्षी दलका शीर्ष नेतृत्वद्वारा कार्यकर्तालाई आह्वान

८ मंसिर २०६९, शुक्रबार १६:३४ मा प्रकाशित

काठमाडौं, ८ मंसिर । राष्ट्रपति डा. रामबरण यादले एक हप्ताभित्र सहमतिय सरकारले दलहरुलाइृ आहवान गरेकै दिन कांग्रेस एमालेलगायत विपक्षी दलहरुले वर्तमान सरकारको राजीनामा माग गर्दै राष्ट्रव्यापी मोर्चाबन्दी गर्ने बताएका छन् । उनीहरुले सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको आरोप लगाउँदै राष्ट्रव्यापी मोर्चाबन्दी गर्न आ–आफ्ना कार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।
राजधानीमा भृकुटी मण्डपमा आज भएको कार्यक्रममा बोल्दै विपक्षी दलका शीर्ष नेताहरुले यस्तो बताएका हुन् । कार्यक्रममा कांग्रेस सभापति सुशील कोइरालाले प्रधानमन्त्री भट्टराईले सर्वसत्तावादको अभ्यास गरेको आरोप लगाए । ‘अहिले सर्वसत्तावाद लादिएको छ त्यसैको अभ्यास बाबुरामले गर्नुभएको छ,’ सभापति कोइरालाले भने, ‘चुनाव पनि म आफैं गर्छु, छाड्न पनि तयार छु भनेर जनता वेवकुफ बनाउने काम भएको छ ।’
एमाले अध्यक्ष झलनाथ खनालले आन्दोलनको बलबाट भट्टराईलाई सत्ताच्युत गर्ने दावी गरे । उनले आन्दोलन लामो पनि हुन सक्ने र छिट्टै टुंगिन पनि सक्ने बताए । ‘शासनदेखि ज्ञानेन्द्रसम्मलाई हटाएका छौं,’ खनालले भने, ‘जनताले बाबुरामलाई पनि ठेगान लगाउनेछन् ।’ राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले लोकतान्त्रिक ढंगले अर्को सरकार नबनेसम्म आन्दोलन यथावत् रहने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार