भाडा घटाउन माग गर्दै उद्योगीहरुद्धारा सात दिने अल्टिमेटम

८ मंसिर २०६९, शुक्रबार १५:१० मा प्रकाशित

काठमाडौ, ८ मंसिर । औद्योगिक क्षेत्रमा उद्योग सञ्चालन गरिरहेका उद्योगीहरुले अप्राकृतिक रुपमा बढाईएको भाडा घटाउन सात दिन भित्र घटाउन अल्टिमेटम दिदै आन्दोलनको घोषणा गरेका छन ।
नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले शुक्रवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर उद्योगीसँगको सहमति विना ब्यवस्थापन समितिले एकलौटि रुपमा ८५० देखि १४ सय प्रतिसत सम्म भाडा बृद्धि गरेको जानकारी दिदै त्यसलाई फीर्ता गराउन आन्दोलनको घोषणा गरेको हो ।
महासंघले मंसिर १० देखि १७ गतेसम्म साताब्यापी आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । जसमा मंसिर १० गते उद्योग संघहरुले संबन्धीत औद्योगिक क्षेत्रमा विरोधपत्र बुझाउने, पत्रकार सम्मेलन गर्ने र भाडा बृद्धि पत्र चलाउने, ११ गते केन्द्रमा सञ्चालक समितिको अध्यक्षलाई र जिल्लामा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने, १२ गते उद्योगमा कालो झण्डा गाड्ने र स्थानीय स्तरमा विभिन्न संघ सस्थाहरुलाई आन्दोलनबारे जानकारी गराउने रहेको छ ।
त्यसैगरी मंसिर १३ गते विभिन्न संघ संस्थासँग आन्दोलनमा एक्वद्धताकोलागी अनुरोध गर्ने,  विभागिय मन्त्री र प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने, १४ गते जुलुस र महाप्रवन्धकको पुत्ला दहन गर्ने र १७ गते  क्षेत्रीय कार्यालयको प्रवन्धकको कार्यकक्षमा तालाबन्दी गर्ने रहेको छ । सो दिन सम्म पनि आफूहरुको माग पुरा नभए १८ गतेबाट थप नयाँ शसक्त आन्दोलनको कार्यक्रम घोषणा गर्ने पत्रकार सम्मेलनमा चेतावनी दिईयो ।
पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष शैलेन्द्रलाल प्रधानले यसअघि प्रत्येक दुई वर्षमा १५ प्रतिसतको दरले भाडा बृद्धि गर्ने गरी सहमति भएको भए पनि कर्मचारीको दवावमा ब्यवस्थापनले अप्राकृतिक रुपमा १४०० प्रतिसत सम्म भाडा बढाएकोले आफूहरु त्यसलाई कुनै पनि हालतमा मान्न तयार नरहेको बताए ।
उनले मुलुकको राजनीतिक अस्थिरताले औद्योगिक क्षेत्र तहस नहस भईरहेको अवस्थामा अप्राकृतिक भाडा बृद्धिले उद्योग र रोजगारीको अवस्थालाई झनै कमजोर बनाउने भएकोले फिर्ता लिनु पर्ने बताए । कार्यक्रममा महासंघका द्धितिय उपाध्यक्ष देबराज तामाङ र उद्योग संघ बुटवल औद्योगिक क्षेत्रका अध्यक्ष निरज आलमले समेत औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेडले औद्योगिक बातावरण बनाउने भन्दा विगार्ने तिर आफूलाई उन्मुख गराएको भन्दै महाप्रवन्धको राजिनामा माग गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा मुलुकको वैदेशिक व्यापार ६५ दशमलव ४५ प्रतिशतले वृद्धि भएको छ । गत

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौँ । चालीस वर्षअघि स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड गएको तीन वर्षयतादेखि नाफा कमाउन सफल भएको छ ।

काठमाडौं।अर्थमन्त्री जनार्दन शर्माले नेपालमा स्रोत र साधनको समस्या नभएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बुधबार आयोजना गरेको

आजको प्रमुख समाचार