सहमतिको सरकार निर्माणका लागि राष्ट्रपतिले दलहरुलाई आह्वान गर्दै

८ मंसिर २०६९, शुक्रबार १४:०६ मा प्रकाशित

काठमाडौं, ८ मंसिर । राष्ट्रपति डा. रामवरण यादवले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि राजनीतिक दलका नेताहरुले आह्वान गर्ने तयारी गरी रहेका छन् । उनले आजै सबै दलका नेताहरुलाई निश्चित समय सिमा तोकेर राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि आह्वान गर्न लागेका हुन् ।
राष्ट्रपति निवास स्रोतका अनुसार उनले अन्तरिम संविधानको धारा ३८ (१) मा रहेको ‘राजनीतिक सहमतिको आधारमा प्रधानमन्त्री र उनको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुने’ भन्ने प्रावधान अनुरुप दलहरुलाई आह्वान गर्न लागेका हुन् । राष्ट्रपतिले यसअघि जेठ १६ गते नै विज्ञप्ति प्रकाशित गर्दै संसद पनि भंग भइसकेकोले बाबुराम भट्टराईको प्रधानमन्त्री पद समाप्त भइसकेको उल्लेख गर्दै प्रधानमन्त्री र मन्त्रिमण्डललाई गरिआएको कामका लागि धन्यवाद दिइसकेका छन् । उनले त्यतिबेला नै २०६३ को धारा ६३ (२) बमोजिम  वर्तमान मन्त्रिपरिषद्लाई नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ को उपधारा (९) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म दैनिक कार्य सञ्चालन गर्न स्मरण गराएका थिए । यद्यपि त्यतिबेला उनले धारा ३८ (१) अनुसारको सहमतिका लागि आह्वान भने गरेका थिएनन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । एमालेको ३०१ केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यमध्ये निर्विरोध हुन नसकेका पदमा सोमबार राति नौ बजेदेखि एक बजेसम्म मतदान

काठमाडौं । नेकपा एमालेको सात वटा प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यमध्ये बहुमत सदस्य निर्विरोध निर्वाचित भएका छन् । एमालेको १०औँ

काठमाडौं । कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले १५ देखि १७ मंसिरसम्म हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्षमा घोषणा गरेका छन् । सोमबार