असोज १ गते विज्ञान दिवस मनाउने सरकारको निर्णय

८ मंसिर २०६९, शुक्रबार १३:५१ मा प्रकाशित

काठमाडौ, ८ मंसिर । नेपाल सरकारले प्रत्येक वर्षको असोज १ गतेका दिन राष्ट्रिय विज्ञान दिवस मनाउने निणर्य गरेका छ । शुक्रबार बिहान प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मन्त्रीपरिषद बैठकले यस्तो निर्णय गरेको हो । बैठकले वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयमो नाम संशोधन गरी विज्ञान, प्रविधी तथा वातावरण मन्त्रालय बनाएको छ ।
यसैगरी बैठकले रसायनीक मलको सहज आपूति गर्न कृषि सामग्री कम्पनि लिमिटेडले विभिन्न बैंकबाट लिएको चार करोड ५९ लाख रुपैया अनुदान दिने निणर्य गरेको छ । सरकारले महालेखा परीक्षकको कार्यालयका उपलेखा परीक्षक पद्म सुवेदीको बढुवा गर्ने, एसिया प्यासिफिक सदस्यहरुको सम्मेलन जनवरी १३ देखि १७ सम्म नेपालमा आयोजना गर्नेर काभ्रे  खोपासी सडकखण्डमा पर्ने २७२ रुख हटाउन अनुमति दिने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

जनकपुरधाम।प्रदेश २ मा प्रदेशसभा गठन भएको झण्डै चार वर्ष पुगिसकेको छ । तर, प्रदेशसभाको सार्वजनिक लेखा समितिले अझै पूर्णता पाउन

काठमाडौं।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार विभिन्न जिल्लामा जिल्ला अधिवेशन हुँदैछ । काठमाडौं, ललितपुर, भक्तपुरलगायतका अधिकांश जिल्लामा आज अधिवेशन हुन लागेको

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को ३१ बर्षे राजनीतिक इतिहासमा पहिलो पटक अध्यक्षसहित पदाधिकारीहरु पनि महाधिवेशनको निर्वाचन प्रक्रियाबाट चुन्ने

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

आजको प्रमुख समाचार