यसरी गरियो पुर्व ब्रिटिस नेपाली सेनाको किरिया

८ मंसिर २०६९, शुक्रबार १३:३४ मा प्रकाशित

काठमाडौं, ८ मंसिर । ब्रिटिस सामराज्य विस्तारको रक्षाका लागि लड्दा मारिएका ६० हजारभन्दा बढी गोरखा सैनिकको सामूहिक काजकिरिया स्याङ्जाको साल्मे डाँडामा गरिएको छ । काजकिरिया समारोह सातबुँदे साल्मेडाँडा घोषणापत्र जारी गर्दै सकिएको छ ।
गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले ब्रिटिस सरकारलाई नैतिक दबाब दिन र पुर्खाप्रति श्रद्धाञ्जली दिन काजकिरिया गरेको हो । ब्रिटिसका पक्षबाट लड्दा मारिएका १६ जातिका धर्मगुरु र किरियापुत्री काजकिरियामा सहभागी थिए । स्यकरियामा गुरुङ, मगर, राई, लिम्बू, पुन, हयोल्मो, नेवार, तामाङ, बाहुन, क्षेत्री, विश्वकर्मा, याक्खा, भुजेल, ठकुरी, दुरा र मिजारसहित १७ जातिका सहभागी भए ।
तीन देशका ब्रिटिस गोरखा सैनिकका परिवार, आफन्त र विश्वयुद्धमा आफन्त गुमाएका परिवारका सदस्यहरु साल्मेडाँडा पगेका थिए । सामूहिक काजकिरियाकै लागि बेलायत, हङकङ, अमेरिका, भारत तथा अन्य देशबाट विश्वयुद्धका भेटेरान, घाइते तथा तिनका आफन्त पनि साल्मेडाँडामा जम्मा भएका थिए । बौद्ध धर्मावलम्बीका धर्मगुरुको मन्त्रोच्चारण, मगरको लोरी श्लोक तथा लिम्बूको मुन्धुमी नाचले माछापुच्छरे, अन्नपूर्ण र धौलागिरिको सफा पृष्ठभूमिमा उभिएको साल्मेडाँडालाई तीन दिनसम्म जनजाति मौलिक सांस्कृतिक रंगले भिजाएको थियो । १६ जातिका मृत्यु संस्कारमा बजाइने बाजा र गाइने गीतले तीन दिनसम्म साल्मेडाँडा गुन्जायमान बनेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा कोरोनाविरुद्धको थप ७ लाख २५ हजार डोज खोप ल्याइएको छ । कोभ्याक्स संयन्त्रमार्फत नेपालले प्राप्त गर्ने ६०

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनहरूको परिणाम आउने क्रम जारी रहेको छ । हालसम्म ५६ जिल्लाका सभापतिहरूको

काठमाडौं । केपी शर्मा ओलीको सरकार हुँदा यती समूहको कब्जामा रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय शेरबहादुर देउवाको शासनकालमा

चितवन । नेकपा एमालेको १०औं महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीको पहिलो बैठक महाधिवेशनस्थल सौराह मै हुने भएको छ । हाल नयाँ नेतृत्वका लागि मतगणना