युवक बेपता बनाएको अभियोगमा असइसहित दुई प्रहरी निलम्बित

८ मंसिर २०६९, शुक्रबार १२:५३ मा प्रकाशित

नेपालगन्ज, ८ मंसिर । युवक बेपता बनाएको अभियोगमा जिल्ला प्रहरी कार्यालय बाँकेले असइसिहत दुई प्रहरीलाई निलम्बनका लागि सिफारिसत गरेको छ । धमापुर प्रहरी चौकी बैजापुरको हिरासतबाट दलित युवक बेपत्ता भएको घटनालाई लिइर प्रहरीलाई निलम्बन गर्न सिफारिस गरेको हो ।
हिरासतमा रहेका अभियुक्तको सुरक्षा गर्न नसकेको र युवक बेपत्ता भएको घटना लुकाएको ठहर गर्दै प्रहरी चौकीका इन्चार्ज असइ चुडामणि थापा र डिउटीमा रहेका प्रहरी जवान रामबहादुर घर्तीलाई निलम्बन गर्न सिफारिस गरिएको हो । ‘प्रहरी जवानमाथि जिल्लाबाटै कारबाही हुन्छ, चौकी इन्चार्जलाई निलम्बन गर्न डिआइजी कार्यालय सुर्खेतमा सिफारिस गरेका छौ,’ जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी विक्रमसिंह थापाले जानकारी दिए । उनले घटनामा प्रहरीको गम्भीर लापरबाही भएको बताए । गाउँकै युवतीलाई करणी गर्न खोजेको आरोपमा पक्राउ परेका बिनौना–८ का २० वर्षीय दीपक परियार धमापुर प्रहरी चौकीबाट २३ भदौमा बेपत्ता भएका थिए । बेपत्ता यवकको अवस्था अज्ञात छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

काठमाडौँ । राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक हुँदा (तीन महिनाभित्रमा) नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको जनसङ्ख्या पनि समेटिने भएको

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा ७८ क्विन्टल खाद्यान्न ढुवानी गरिएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट खाद्यान्न अभाव भएको

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार

आजको प्रमुख समाचार