पहिलो चौमासिक अवधिमै साढे ३६ करोड ठगी

८ मंसिर २०६९, शुक्रबार १२:३८ मा प्रकाशित

काठमाडौं, ८ मंसिर । नाममा चालु आथिर्क वर्षको पहिलो चौमासिक अवधिमा मात्र साढे ३६ करोड रुपियाँ बैदेशिक रोजगारीका नाममा ठगी भएको देखिएको छ । रोजगारीका लागि विदेश पठाउने भन्दै म्यानपावर कम्पनी, एजेन्ट र विभिन्न कन्सल्टेन्सीले सो रकम ठगी गरेको भन्दै वैदेशिक रोजगार विभागमा दाबी रकमसहित उजुरी परेको हो ।
विभागका अनुसार चालु आवको कात्तिक मसान्तसम्म वैदेशिक रोजगारीका नाममा म्यानपावर कम्पनी, एजेन्ट र कन्सल्टेन्सीबाट भएको ठगीलाई लिएर सात सय ८२ उजुरी परेका छन् । ती उजुरीमा ३६ करोड ४६ लाख ५६ हजार तीन सय सात रुपियाँ ठगी भएको भन्दै बिगो दाबी भएको विभागले जनाएको छ ।
यसरी ठगी भएको रकममध्ये सबैभन्दा बढी व्यक्तिगत उजुरीमा रहेको जनाइएको छ । यो अवधिमा व्यक्तिगत ठगीलाई लिएर चार सय ७० वटा उजुरी परेका छन् । ती उजुरीमा २७ करोड २७ लाख ९१ हजार तीन सय आठ रुपियाँ ठगी रकम बिगो दबी भएको विभागले जनाएको छ । यसैगरी कात्तिक मसान्तसम्म संस्थागत रुपमा (म्यानपवार कम्पनीबाट) भएको ठगीलाई लिएर तीन सय १२ वटा उजुरी परेका छन् । ती उजुरीमा नौ करोड १८ लाख ६४ हजार नौ सय ९९ रुपियाँ बिगो दबी भएको जनाइएको छ ।
यस्तै, कात्तिक महिनामा मात्र रोजगारीका नाममा व्यक्तिगत रुपमा ३४ लाख ५४ हजार एक सय रुपियाँ ठगी भएको भन्दै बिगो दाबीसहित ५५ उजुरी विभागमा परेका छन् । सो महिना संस्थागत रुपमा एक करोड १६ लाख ७७ हजार पाँच सय ५९ रुपियाँ ठगी भएको दाबी बिगोसहित ४३ उजुरी वैदेशिक रोजगार विभागमा परेका छन् । विगतका महिना संस्थागतभन्दा बढी व्यत्तिगत ठगीका उजुरी र बिगो दाबी हुने गरेको भए पनि कात्तिकमा भने व्यक्तिगत ठगीका घटनालाई लिएर कम उजुरी परेको विभागले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत २६ वाणिज्य बैंकमध्ये हालसम्म २३ बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा मुलुकको वैदेशिक व्यापार ६५ दशमलव ४५ प्रतिशतले वृद्धि भएको छ । गत

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौँ । चालीस वर्षअघि स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड गएको तीन वर्षयतादेखि नाफा कमाउन सफल भएको छ ।

आजको प्रमुख समाचार