विराटनाग औद्योगिक क्षेत्रको सुरक्षामा कडाइ

८ मंसिर २०६९, शुक्रबार १२:३४ मा प्रकाशित

विराटनगर, ८ मंसिर । प्रहरीले विराटनगरको औद्योगिक क्षेत्र असुरक्षा कडा पारेको छ । उद्योगी व्यवसायीको आफ्नो र उद्योगको सुरक्षा सम्वन्धी गुनासो गरेपनि प्रहरीले त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारेको हो ।
विभिन्न आपराधिक गतिविधिमा संलग्न व्यक्तिबाट आफूहरु असुरक्षित रहेको उद्योगी व्यवसायीहरुको गुनासोपछि जिल्ला प्रहरी कार्यालय मोरङले उद्योग, कल–कारखाना तथा औद्योगिक क्षेत्रको सुरक्षा व्यवस्था कडा पारेको हो । व्यवसायीले निरन्तर आफूहरु असुरक्षित रहेको गुनासो गर्न थालेकाले सुरक्षा व्यवस्था सुदृढ बनाइएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताए । उद्योगी व्यवसायीले औद्योगिक क्षेत्र असुरक्षित रहेको गुनासो गर्न थालेकाले विगतभन्दा सुरक्षा व्यवस्था सुदृढ बनाइएको चतुर्वेदीको भनाई थियो । उनका अनुसार औद्योगिक प्रतिष्ठानमा प्रहरीको भिन्दा–भिन्दै टोली र सादा पोसाकमा परिचालन गरिएको छ । औद्योगिक करिडोर क्षेत्र मानिने मोरङको रंगेली, किसिनुबारी, बाँसबारी, नेमुवा, कटहरी, हाटखोला, नयाँ बजारलगायतका स्थानको सुरक्षा अवस्थामा सुधार गरिएको उनले बताए ।
विभिन्न समूह र संगठनका नाममा आउने धम्कीका कारण उद्योगी र व्यवसायी पलायन हुनु पर्ने अवस्था सिर्जना भएको उनीहरुको दाबी थियो । उद्योगी व्यवसायीको समस्यालाई ध्यानमा राख्दै समस्या समाधानका लागि प्रहरीले औद्योगिक प्रतिष्ठानको सुरक्ष्ाँ व्यवस्था मजबुत पारेको मोरङका प्रहरी प्रमुख एसपी निरजबहादुर शाहीले बताए । उद्योगी, व्यवसायी, सुरक्षाकर्मी र सबै पक्षलाई औद्योगिक सुरक्षाका लागि सचेत रहन आग्रह गरिसकिएको पनि प्रहरीको भनाइ छ ।
एसपी शाहीका अनुसार उद्योग र कलकारखानाको सुरक्षा अवस्था मजबुत बनाउनका लागि चौबीसै घन्टा गाडीद्वारा मोबाइल तथा पैदल गस्तीको व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैँ।चालु आर्थिक वर्ष २०७८/०७९ को तीन महिनामै १० अर्ब रुपैयाँ बराबरको चाँदी आयात भएको छ । अघिल्लो आवको यसै अवधिको

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत २६ वाणिज्य बैंकमध्ये हालसम्म २३ बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा मुलुकको वैदेशिक व्यापार ६५ दशमलव ४५ प्रतिशतले वृद्धि भएको छ । गत

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको