राष्ट्रपतिद्वारा सहमतिको सरकार गठन गर्ने पहल, सम्भावित प्रधानमन्त्री राम शरण महत

८ मंसिर २०६९, शुक्रबार ०८:४१ मा प्रकाशित

काठमाडौं, ८ मंसिर । बिहिबार दिनभर हल्ला चल्यो प्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रिय सहमतिको मार्ग प्रशस्त गर्न राजिनामा दिदै छन् तर सांझ अर्को नयाँ खबर सहरमा सनसनी भयो सरकारमा सहभागी मधेशबादी दलहरुले प्रधानमन्त्री भट्टराईलाई तत्काल राजिनामा नदिन दवाव दिए । दुवै समाचार सत्य थियो र राष्ट्रपति राम वरण यादव र प्रधानमन्त्री बाबुराम भट्टराई राजनीतिक गतिरोधको गाँठो फुकाउने आन्तरिक कसरतमा केहि साता देखि जुटी रहेका थिए । राष्ट्रपति यादव निकट श्रोतको दावी छ राष्ट्रपति यादवलाई भेट्न बिहीबार साँझ शीतल निवास पुगेका प्रधानमन्त्री भट्टराईले राष्ट्रिय सहमतिको मार्ग प्रशस्त गर्न राजिनामा दिनु भन्दा पदमै रहेर निर्णायक भूमिका निर्वाह गर्ने र त्यस पछी मात्रै राजिनामा दिने आफ्नो योजना राष्ट्रपति यादव समक्ष प्रस्तुत गरेका थिए । राष्ट्रपति निकट श्रोतको दावी छ प्रधानमन्त्री बाबुराम भट्टराईले कुनै पनि बेला राजिनामा दिने निर्णय लिइसकेका छन् । कुनै पनि बेला प्रधानमन्त्री बाबुराम भट्टराईको राजिनामा आउँछ । प्रधानमन्त्री बाबुराम भट्टराईको जानकारी पछी राष्ट्रपति यादवले यो बिषयमा आज शुक्रबार निर्णय लिने सम्भावना रहेको राष्ट्रपति निकट श्रोतको दावी छ । संभवत राष्ट्रपति कार्यालयले राष्ट्रिय सहमतिको सरकार गठनका लागि दलहरूलाई अवधि तोकेर आह्वान गर्ने तयारी गरेको छ । स्रोत दावी गर्छ प्रधानमन्त्रिको सहमतिमा राष्ट्रपतिले आज शुक्रबार सहमतिको सरकार गठनका लागि दलहरूलाई आह्वान गर्ने छन् । तर प्रधानमन्त्री निकट स्रोत भने प्रधानमन्त्री तत्काल राजीनामा दिने पक्षमा नरहेको जनाएको छ । यता विपक्षी दलहरू प्रधानमन्त्री भट्टराई सहमतिको बाधक बनेको आरोप लगाउदै आन्दोलनमा उत्रने तयारीमा छन् । यद्यपी विपक्षी गठबन्धन भित्र बिशेष गरि काँग्रेस भित्र सहमतिको सरकारको नेतृत्वको बिषयमा आन्तरिक कलह देखिएको कारण सहमतिको सरकार बनाउने कसरतमा पनि केहि समय अन्योल उत्पन्न हुने विश्लेषकहरुको अनुमान छ । जसको फाइदा एमाओबादीले लिनेछ । यद्यपी राष्ट्रपति यादव र प्रधानमन्त्री भट्टराई दुवै निर्वाचनमा जानको लागि राष्ट्रिय सहमतिको सरकार बनाउने पक्षमा सहमत रहेको कारण छिट्टै प्रधानमन्त्रिले राजिनामा दिने छन् । अर्को भर पर्दो स्रोतका अनुसार तत्कालिन कांग्रेस सभापति एबं प्रधामन्त्री गिरिजा प्रसाद कोइरालाले आफुलाई प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारी त्यागेर राष्ट्रपति उम्मेदवारमा राम बरण यादवलाई प्रस्ताव र समर्थन गरेका राम शरण महतलाई चुनावी सरकारको प्रधानमन्त्री बनाएर मौकामा गुण तिर्ने र काँग्रेस भित्रको देउवा कोइरालाको झगडाका बीच शक्ति सन्तुलनको नयाँ खेलमा काँग्रेस सभापति सुशील कोइरालालाई समेत सहयोग पुरयाउने खेलमा लागेका राष्ट्रपति यादवको योजनामा सभापति कोइराला समेत सहमत रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार