आईसीसी वर्ल्ड ट्वान्टी–ट्वान्टीको छनोट: पपुवा न्युगिनीलाई हराउँदै नेपाल सातौं स्थानमा

१० चैत्र २०६८, शुक्रबार १९:४५ मा प्रकाशित

काठमाडौ, १० चैत । नेपाल आईसीसी वर्ल्ड ट्वान्टी–ट्वान्टीको छनोटमा शुक्रबार पपुवा न्युगिनीलाई हराउँदै नेपाल सातौ स्थान कायम गर्न सफल भएको छ । नेपालले सातौ स्थानका लागि भएको प्ले–अफमा पपुवा न्युगिनीलाई ६ विकेटले हरायो र समूह चरणमा व्यहोरेको हार बदला समेत लिन सफल भयो । पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले ५ विकेटको क्षतिमा १ सय २९ रन बनायो । पपुवा न्युगिनीका भानी मोरियाले सर्वाधिक ३४ रन जोडे । उनले २९ बलमा १ चौका र २ छक्का प्रहार गरेका थिए ।

जवाफमा नेपालले एक बल बाकी छदा ४ विकेटको क्षतिमा जित निकाल्यो । कप्तान पारस खड्का नटआउट ६३ र पृथ्यु बास्कोटाले नटआउट २६ रन जोडे । पारसले ४३ बलमा ६ चौका र एक छक्का प्रहार गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नर्दन आयरल्यान्डविरुद्ध सहज जितसँगै नर्वेले यूइएफए महिला युरो च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । बिहीबार राति साउथह्याम्पटनमा भएको

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोलाई यसै खेलाडी ट्रान्सफरमा बेच्न म्यानचेस्टर युनाइटेड तयार भएसँगै उनी कुन क्लबमा जान्छन् भन्ने कौतुहलता बढेको छ

काठमाडौं । भारतले पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा बिहीबार राति घरेलु टोली इंग्ल्यान्डलाई ५० रनले पराजित गरेको छ । जितसँगै तीन

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले जमैका तल्लावाजबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्ने भएका छन् । आगामी