स्वतन्त्र तिब्बत समर्थकद्वारा आत्मदाह जारी

८ मंसिर २०६९, शुक्रबार ०३:०१ मा प्रकाशित

बेइजिंग, ८ मंसिर । चीनको किंघाई प्रांतमा बिहिबार एक स्वतन्त्र तिब्बत समर्थकले आफ्नो शरीरमा आफैले आगो लगाई आत्मदाह गरेका छन् । बितेको केहि समय देखि स्वतन्त्र तिब्बत समर्थकद्वारा निरन्तर आत्मदाह गर्दै आएका छन् र यो संख्या ८० भन्दा बढी रहेको छ । चिनिया समाचार संस्था सिन्हुवाले जनाए अनुसार १९ बर्षीय लिबंग सेरिंग नाम गरेका युवाले स्थानीय समय अनुसार अपरान्ह ४ : ३० बजे टोनग्रेन काउंटीको दोवा कस्बे भन्ने स्थानमा आफैले आफ्नो शरीरमा आगो लगाई आत्मदाह गरेका हुन् । यसै महिनाको सुरुवातमा सम्पन्न चिनिया कम्युनिष्ट पार्टीको अधिबेशन सम्पन्न भएको थियो र अधिबेशनले स्वतन्त्र तिब्बतको मुद्दामा कुनै सुनुवाई नगरे पछी लगत्तै आत्मदाह गर्नेहरुको संख्या बढेको छ । स्वतन्त्र तिब्बत समर्थकहरुले तिब्बतमा चिनिया साशनको बिरुद्द र निर्वासित आध्यात्मिक नेता दलाई लामाको स्वदेश फिर्तीको समर्थनमा आत्मदाह गर्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा कोरोनाविरुद्धको थप ७ लाख २५ हजार डोज खोप ल्याइएको छ । कोभ्याक्स संयन्त्रमार्फत नेपालले प्राप्त गर्ने ६०

काठमाडौं ।सानै उमेरमा कांग्रेस महाधिवेशन प्रतिनिधि बन्ने सूचीमा १९ वर्षीया करिना पुरी पनि थपिएकी छन् । करिना पुरी महाधिवेशन प्रतिनिधिका

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनको निर्वाचन सम्बन्धी परराष्ट्र मत्रालयले गरेको सबै निर्णय र पत्राचारहरु कार्यान्वयन नगर्न अदालतले आदेश दिएको

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनहरूको परिणाम आउने क्रम जारी रहेको छ । हालसम्म ५६ जिल्लाका सभापतिहरूको