आँखा लगाउने फुर्सद नै छैन : एलिसा गुरुङ

७ मंसिर २०६९, बिहीबार २२:१६ मा प्रकाशित

यिनी हुन् एलिसा गुरुङ । बुटवलमा जन्मिएकी एलिसा यतिबेला फ्रान्सको राजधानी पेरिस बस्दै आएकी छिन् । अध्ययनको क्रममा पेरिस पुगेकी एलिसा त्यहाँ रहेका नेपालीमाझ एक कलाकारको रूपमा परिचित छिन् । पेरिसमा भेटिएकी एलिसासँगको छोटो कुराकानी :
० कसरी आइयो पेरिस ?
– अध्ययनको क्रममा आएकी हुँ ।
० कति वर्ष भयो ?
– दुई वर्षजति भयो ।
० अध्ययन मात्र हो कि काम पनि गरिन्छ ?
– यो कामलाई पूजा र सम्मान गर्ने ठाउँ हो । त्यसैले काम नगरीकन त टिक्न सकिन्न नि ।
० भनेपछि काम राम्रै छ ?
– राम्रै छ । पढाइबाट बचेको समयमा काम गरेकी छु ।
० एलिसालाई त पेरिसमा नेपालीले रामै्र चिन्दारहेछन् नि ?
– सबैले माया गर्छन् ।
० माया गर्नुको कारण ?
– म यहाँ हुने विभिन्न सांस्कृतिक कार्यक्रममा भाग लिने गर्छु ।
० के गरिन्छ नि सांस्कृतिक कार्यक्रममा ?
– म विशेष गरेर नृत्य गर्ने गर्छु ।
० कस्तो खालको नृत्य आउँछ ?
– म प्राय: सबै विधाको नृत्य गर्न सक्छु । मोडर्न, लोक, र्‍याप र अन्य ।
० एसिलाको प्रतिभालाई पेरिसमा रहेका नेपालीमाझ पुर्‍याउन यहाँबाट कत्तिको सहयोग मिलिरहेको छ ?
– विशेष गरेर फ्रान्सको पेरिसमा रहेको नेपाली दूतावासले राम्रो सहयोग गरिरहेको छ । अन्य क्षेत्रको सहयोग पनि पाइरहेकी छु ।
० यति राम्री युवतीलाई आँखा लगाउनेहरू प्रसस्तै होलान् नि ?
– यहाँ आँखा लगाउने फुर्सद नै कसैलाई हुँदैन ।
० आफूले लगाए पनि त हुन्छ नि ?
– आँखा लगाउने कि काम गर्ने ? अहिले आँखा लगाउनेतिर नलाग्ने ।

प्रतिक्रिया
सम्बन्धित खवर

बलिउड अभिनेत्री अलाया एफ सामाजिक सञ्जालमा निकै सक्रिय छिन्। उनी प्राय: आफ्ना हट र बोल्ड तस्वीरहरु फ्यानहरुसँग सेयर गर्छिन्। अहिले

एजेन्सी । बलिउड अभिनेता ज्याकी श्रफकी छोरी कृष्णा श्रफ आफ्नो बोल्डनेशका कारण प्राय चर्चामा आईरहन्छिन् ।फिल्मी तथा ग्ल्यामरस क्षेत्रबाट दुरी बनाएकी

काठमाडौं । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई भारत छोड्न प्रतिबन्ध लगाइएको छ । उनलाई आइतबार मुम्बई विमानस्थलमा रोकिएको हो । उनी

निया शर्मा एक अभिनेत्री हुन् जसको चर्चा अभिनय वा मोडलिङभन्दा सामाजिक सञ्जालमा गरिएको पोष्टको कारण निकै चर्चित हुने गरेकी छिन्