संबिधान सभा निर्बाचनको बिकल्प छैन: सभापति कोइराला

७ मंसिर २०६९, बिहीबार २२:०३ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही ७ मंसिर । कांग्रेस सभापति शुशिल कोईरालाले संबिधान सभाको निर्बाचनको बिकल्प नरहेको बताउनु भएको छ । बिहिबार भैरहवामा कांग्रेस रुपन्देहीको दोश्रो जिल्ला सम्मेलनको उदघाटन गर्दै सभापति कोइरालाले सो कुरा बताउनु भएको हो । उहाले त्यसका लागी सहमतीको सरकार आबश्यक रहेको र त्यही सरकारले नै निर्बाचनको मिति तय गर्नु पर्ने पुरानै अडान दोहोरयाउनु भयो । कोईरालाले एमाओबादीका कारण बिश्वासको बाताबरण धमिलिदै गएको भन्दै सहमतीका लागी सरकारले राजिनामा दिएर मार्ग प्रसस्त गर्नु पर्ने उल्लेख गर्नु भयो । कांग्रेस प्रजातन्त्र, राष्ट्रियता र समाजबादको पक्षपाती रहेकाले कैले हार नमान्ने र एक दिन कांग्रेसकै जित हुने दाबी कोईरालाको छ । पछील्लो पटक एमाओबादीले बिपक्षीदलहरुको आग्रहलाई लत्याउदै अध्यादेशबाट बजेट ल्याएर सहमतीको बाताबरण झनै बिगारेको आरोप लगाउदै कोईरालाले आफुहरुको चाहना आशिंक बजेट नभएर पुर्ण बजेट रहेको समेत बताउनु भयो । उहांले एक अर्को प्रसंगमा अहीले परिबर्तनलाई संस्थागत गर्नु मुख्य चुनौती रहेको उल्लेख गर्नु भयो । जनआन्दोलनका उपलब्धी संस्थागत नहुदा राष्टपति समेत चिन्तीत भएको उल्लेख गर्नु भयो । सम्मेलनलाई कांग्रैसका पुर्ब महामन्त्री बिमलेन्द्र निधी,केन्द्रिय सदस्यहरु रामकृष्ण ताम्राकार, दिप कुमार उपाध्याय, बालकृष्ण खाँड, पुर्ब मन्ँत्री भरतकुमार शाह लगायतले सम्बोधन गर्दै सहमतीको बाधक एकिकृत माओबादी र सरकारमा रहेका दलहरु भएको आरोप लगाउदै सरकार बिघटन गरी सहमतीय सरकारको माग गरेका छन् । एकदिने सम्मेलनमा ७ बटै निर्बाचन क्षेत्रका वडा देखि क्षेत्र र नगरका प्रतिनिधी गरी एक हजार भन्दा बढीको सहभागीता रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा।कोरोनाको नयाँ भेरियन्ट ‘अमिक्रोन’ भारतमा पनि देखा परेसँगै नेपाल पनि यसको जोखिम बढेकाे छ । उच्च संक्रामक मानिने यो भेरियन्ट

बैतडी । राष्ट्रिय परिचयपत्रका लागि बैतडीमा साढे पाँच हजार व्यक्तिको विवरण सङ्कलन गरिएको छ । विसं २०७७ असोज पहिलो सातादेखि

जनकपुरधाम।नेपाली कांग्रेसको अन्य प्रदेश अधिवेशनअन्तर्गत चुनावी प्रक्रिया सुरु भए पनि प्रदेश २ का भने शनिवारका लागि ताेकिएकाे अधिवेशन पनि स्थगित

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट