प्रधानमन्त्रीको सम्बोधन सत्ता लम्बाउने खेल: विपक्षी दलहरु

७ मंसिर २०६९, बिहीबार २०:३७ मा प्रकाशित

काठमाडौं, ७ मंसिर । विपक्षी दल कांग्रेस र एमालेको नेताहरुले प्रधानमन्त्री सम्बोधनलाई सत्ता लम्बाउने खेल मात्र भएको आरोप लगाएका छन् । उनीहरुले सम्बोधन भ्रमको खेती मात्र भएको दावी समेत गरे । नेपाली कांग्रेस नेता अर्जुन नसिंह केसीले प्रधानमन्त्रीको सम्बोधनलाई शब्दजाल, भ्रम पूर्ण, झुठको खेती मात्र भएको बताए । ‘सम्बोधन जनतालाई बॉड्ने सुनियोजित खेलको प्रपञ्चको रुपमा आएको टिप्पनी गर्दै उनले सौर्यसंट टेलिफोनमा भने, ‘अहिलेको राष्ट्रिय जटिल्ता र समस्य समाधानको कुनै उपायका बारेमा कतै उल्लेख गरिएको छैन ।’  केवल आफु ठिक र अरु बेठिक भन्ने अभिव्यक्ति मात्रै देखिन्छ नेता केसीले भने, ‘सहमतिका आधार के हो, निर्वाचन कसरी गर्ने, जस्ता महत्वपूर्ण विषयलाई पन्छाएर सत्तामा रही रहने र निर्वाचनको आडमा सत्ता कब्जा गर्ने रणनीतिको रुपाम यो सम्बोधन आएको छ ।’ एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले सम्बोधन आफ्नो कम्जोरी ढाकछोप गरी विपक्षीलाई गालि गर्ने खालको मात्र भएको बताए । समस्यालाई सम्बोधन गरी समाधानको उपाय खोज्नुको सट्टा झन दम्भ देखाउने काम सम्बोधनबाट भएको देखिने ज्ञवालीको भनाई थियो । आफ्ना कालमा भएको कमी कम्जोरीलाई कतै पनि नऔल्याई उल्टै दम्भका साथ संविधान सभाको चुनाव पनि आफ्नै नेतृत्वको सरकारले आसय व्यक्त गरिएको छ, उनले भने, ‘यसले समस्यालाई झन लम्बाउने देखिन्छ ।’ ज्ञवालीले संविधानसभा विघटन भएको, घोÈित चुनाव गर्न नसकेको जस्ता कुरामा सरकारबाट भएका कुनै पनि कम्जोरीका बारेमा सामान्य रियलाइजेसन पनि नगेको बताए । उनले थपे समग्रमा मिठो कुराको आश्वसन बाडेर  सत्ता लम्बाउने भन्दा नयॉ कुरा केही देखिएन ।’ आजै राष्ट्रपति समक्ष गएर राष्ट्रिय सहमतिको सरकार बनाउन मैले मार्ग प्रसस्त गरे राष्ट्रिय सहमतिको सरकारका लागि दलहरुलाई आव्हान गर्नुस भनेको भए साच्चिकै त्याग गरेको देखिने थियो ज्ञवालीले भने ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार