‘बुढी गण्डकी जलविद्युत आयोजनालाई जनताको आयोजना बनाऊ’

७ मंसिर २०६९, बिहीबार १९:०४ मा प्रकाशित

काठमाडौ, ७ मंसिर । सरोकारवालाहरुले नेपालकै सबैभन्दा ठूलो जलासय यूक्त बुढी गण्डकी जलविद्युत आयोजनालाई जनताको आयोजनाको रुपमा अघि बढाउनु पर्ने माग गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालमा विहीबार आयोजित साक्षात्कारमा धादिङबासी एवम पूर्व शिक्षा मन्त्री गंगालाल तुलाधरले जनताको आयोजना गरेको रुपमा अघि बढाएर जनतालाई शेयर दिएर अघि बढ्ने हो भने आयोजना बनाउन गाह्रो नभएको दावी गरे ।
उनले राजनीतिक तहमा निर्णय भए पनि कर्मचारी तन्त्र सकारात्मक नभएकोले आयोजना अघि बढ्न नसकेको भन्दै झण्डै १५ महिना लगाएर गरिएको अध्ययनको अर्थ हुन नसकेको बताए ।
सडकलगायतका भौतिक पूर्वाधार लगभग विकास भईसकेको अवस्थामा विकास समितिलाई चुस्त दुरुस्त बनाएर अघि बढाउनु पर्ने बताए ।
पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले संचय कोषमा ८० अर्ब रुपैया संचिति रहेको उल्लेख गर्दै त्यसको ४०प्रतिसत रकम आयोजनामा लगाएर काम अघि बढाउन सकिने दावी गरे । त्यसैगरी टेलिकमबाट ४० अर्ब, विमाबाट १५ अर्ब र सैनिक कल्याणकारी कोषबाट ३० अर्ब रुपैया निकालेर परियोजना निर्माण गर्न सकिने बताए ।
नेपालमा यति ठूलो जलासाय यूक्त आयोजना अर्को नभएकोले यसको महत्व अझै बढेर गएको बताए ।
उनले आयोजनामा घर जग्गा पर्ने स्थानीय जनतालाई ५० प्रतिसत रकम र ५० प्रतिसतको शेयर दिएर आयोजनाकोलागी जग्गा उपलब्ध गराउन सक्ने भन्दै अघिकरणकोलागी जनताको सहयोग हुने विश्वास ब्यक्त गरे ।
पूर्व अर्थराज्य मन्त्री चिनकाजी श्रेष्ठले नेपालमा पानीमा धेरै राजनीति हुने गरेको भए पनि नेपालको आर्थिक कायापलट गर्ने आयोजनाहरुमा राजनीति गर्न नहुने बताए ।
उनले राष्ट्रिय जलस्रोत नीति बनाएर अघि बढ्नु पर्ने भन्दै बुढी गण्डकी आयोजना निर्माणकोलागी स्थानीय प्रभावित जनताका समस्याहरुलाई सम्बोधन गर्नु पर्ने बताए ।
उर्जामन्त्रालयका सचिव हरेराम कोइरालाले बुढी गण्डकी जलविद्युत आयोजना उर्जामन्त्रालयको एक नम्बर प्राथमिकतामा रहेको भन्दै बुढी गण्डकी सँगै नरसिह घाट आयोजनालाई प्राथमिकताका साथ अघि बढाएको जानकारी दिए ।
बुढी गण्डकीको विस्तृत डीपीआर प्रतिवेदन तयार पारेर ३० महिना भित्र बुझाउन फ्रान्सको एक कम्पनीलाई ९० करोड रुपैयामा जिम्म दिईएको जानकारी दिदै डीपीआर प्रतिवेदन आए पछि निर्माण कार्य अघि बढ्ने विश्वास ब्यक्त गरे । उनले अहिलेको बजेटमा समेत ३० करोड रुपैया छुट्याएको समेत सो अवसरमा जानकारी दिए ।
उनले १९८४ मा अध्ययन भएको यो आयोजनाको लागत तत्कालिन समयमा ८ सय मिलियन डलर रहे पनि अहिले १२ सय मिलियन डलर लाग्ने अनुमान गरे ।
विद्युत प्राधिकरणका विद्युत विकास प्रशासक शिव भट्टराईले गोरखा र  धादिङ जिल्लाको विकासको मेरुदण्डको रुपमा रहेको यो आयोजना निर्माणकोलागी आफूहरुले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता ब्यक्र गर्दै आयोजनाको निर्माण पछि त्यस क्षेत्रका जनता कामकालागी बाहिर जान पनि नपर्ने र नेपाल पनि लोडसेडिङ मुक्त हुने विश्वास ब्यक्त गरे ।
विद्युत प्राधिकरण सञ्चालक समितिका सदस्य कृष्णप्रसाद दुलाल, स्थानीय केदार नेपाल लगायतकाले पनि राष्ट्रको आर्थिक विकास र लोडसेडिङ अन्त्यकोलागी बुढी गण्डकी आयोजनालाई राष्ट्रिय महत्वको आयोजनाको रुपमा अघि बढाउनु पर्ने धारणा राखे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैँ।चालु आर्थिक वर्ष २०७८/०७९ को तीन महिनामै १० अर्ब रुपैयाँ बराबरको चाँदी आयात भएको छ । अघिल्लो आवको यसै अवधिको

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत २६ वाणिज्य बैंकमध्ये हालसम्म २३ बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा मुलुकको वैदेशिक व्यापार ६५ दशमलव ४५ प्रतिशतले वृद्धि भएको छ । गत

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

आजको प्रमुख समाचार