थर्मल प्लान्ट खरिद प्रक्रिया तत्काल बन्द गर

७ मंसिर २०६९, बिहीबार १४:४६ मा प्रकाशित

काठमाडौं, ७ मंसिर । नेपाल विद्युत प्राधिकरणका कर्मचारी संघ÷ संगठनले थर्मल प्लान्टको खरिद गर्ने प्रक्रिया तत्काल बन्द गर्न आग्रह गरेका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गरी प्राधिकरणका कर्मचारी संघ संगठनले थर्मल प्लान्ट अत्यन्तै महंगो हुने र प्राधिकरणलाई ठूलो आर्थिक भार थपिने भन्दै तत्काल यो प्रक्रिया बन्द गर्न माग गरेका हुन् ।
सरकारले हिउँदमा लोडसेडिङ कम गर्नका लागि भन्दै थर्मल प्लान्ट ल्याउने निर्णय गरेको थियो । सरकारी निणर्य अनुसार विद्युत प्राधिकरणले थर्मल प्लान्टको खरीद गर्ने प्रक्रिया अगाडी बढाएको छ ।
थर्मल प्लान्ट मार्फत ल्याईएको विधुतको एक युनिटको ३० रुपैयाँ पर्छ । कर्मचारीहरुले मंहगो तिरेर थर्मलल प्लान्ट ल्याउनु सट्टा सरकारको स्वामित्वमा ठूलो जलाशय आयोजना बनाउन सुझाव दिएका छन् ।
कर्मचारी संगठनले अन्तर देशिय प्रशारण लाईनमा छुट दिन र चुहावट रोक्न पर्नेमा पनि जोड दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौँ । चालीस वर्षअघि स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड गएको तीन वर्षयतादेखि नाफा कमाउन सफल भएको छ ।

काठमाडौं।अर्थमन्त्री जनार्दन शर्माले नेपालमा स्रोत र साधनको समस्या नभएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बुधबार आयोजना गरेको

काठमाडौँ । संविधान निर्माणसँगै स्थायित्वतिर लम्केको नेपालको राजनीति पुनः अस्थिरताको दिशामा बढेसँगै विकास पूर्वाधारमा असर परेको छ । गत आमनिर्वाचनमा

आजको प्रमुख समाचार