सरकारले हचुवाको भरमा मिति तोकेकाले बैशाखमा निर्वाचन हुन नसक्ने खनालको भनाई

७ मंसिर २०६९, बिहीबार १४:४४ मा प्रकाशित

काठमाडौ, ७ मंसिर । एमाले अध्यक्ष झलनाथ खनालले सरकारले हचुवाको भरमा संविधानसभा निर्वाचन घोषणा गरेको बताएका छन् । उनले आगामी वैशाखमा निर्वाचन हुन नसक्ने पनि स्पष्ट पारेका छन् ।
पार्टीको स्कुल विभागद्वारा आयोजित उच्च तहको नियमित पार्टी कक्षाको आज पार्टी केन्द्रीय कार्यालय बल्खुमा शुभारम्भ गर्दै सरकारले एकतर्फीरुपमा हचुवा तालले निर्वाचनको घोषणा गरेको बताए ।
उनको प्रश्न थियो, ‘खोई निर्वाचनका लागि आवश्यक पर्ने संवैधानिक तथा कानुनी प्रावधानका बाटो खुला भएको ? हावादारी ढङ्गबाट निर्वाचन हुन सक्छ ?’
उच्च तहको पार्टी कक्षामा सबै अञ्चल, उपत्यका विशेष कमिटी र प्रवासका गरी ३२ जनाको सहभागिता रहेको छ । दस दिनसम्म सञ्चालन हुने सो कक्षामा पार्टीले अवलम्बन गरेको वैचारिक, सैद्धान्तिक तथा राजनीतिक धारबारे जानकारी दिइने छ ।
कक्षा सञ्चालनका लागि विभागले पाठ्यक्रमसमेत तयार गरेको छ । सुरुमा अञ्चल तह अगुवा नेताबाट सुरु गरिएको सो कक्षालाई आगामी दिन गाउँतहसम्म पु¥याइने कार्यक्रम रहेको विभागले जानकारी दिएको छ ।
आठौँ अधिवेशनले पारित गरेका पार्टीका नीति तथा कार्यक्रम एवम् समसामयिक राजनीतिबारे कार्यकतालाई प्रशिक्षण दिन स्कुल विभाग गठन गरिएको हो । कार्यक्रममा अध्यक्ष खनालले प्रधानमन्त्री डा बाबुराम भट्टराईले पदबाट राजीनामा नदिई अटेर गरिरहे  एमाओवादीसँगको सहमतिको राजनीति अन्त्य हुने चेतावनीसमेत दिएको राससले जानकाएको छ । एमाले स्कुल विभागका प्रमुख बेदुराम भुसालले पार्टीलाई वैचारिक, सैद्धान्तिक एवम् राजनीतिक दृष्टिकोणबाट बलियो बनाउन पाठ्यक्रम तयार गरी कक्षा सञ्चालन सुरु गरिएको जानकारी दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।नेपाली कांग्रेसको १४औँ महाधिवेशन अबको तीन दिनपछि सुरु हुँदै छ । काठमाडौंमा आउँदो शुक्रबारबाट सुरु हुने महाधिवेशनले नयाँ नेतृत्वसहित कार्यसमिति

सर्लाही।नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सर्लाही–४ मा अधिवेशन सुरु भएको छ । नयाँ क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि मतदान भइरहेको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा हट्दैमा न्यायलय सच्चिने सम्भावना आफूले नदेखेको बताएका छन् ।

काठमाडौं । एसियाली क्षेत्र दुई ध्रुवीय बन्नेतर्फ उन्मुख भएको एक अध्ययनले देखाएको छ । अष्ट्रेलियाको थिंक ट्यांक लोवी इन्स्टिच्युटको एसिया पावर